Tuesday, March 1, 2016

प्रधानमन्त्रीको चीन भ्रमणलाई मधेशी मोर्चाले विरोध गर्ने

काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणकै दिन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले राजधानीमा आन्दोलन गर्ने तयारी गरिरहेको छ ।
भारत भ्रमण गरेर पनि मधेशको समस्या समाधान नगरेको, भ्रमण उपलब्धि मुलक नभएको अवस्थामा चीनको भ्रमण गर्न लागेकोको भन्दै मोर्चाले आन्दोलन गर्न लागेका हो । मोर्चा सचिवालय बैठकले यसको बारेमा तयारी थालेको छ । आज बसेको सचिवालयको बैठकले प्रधानमन्त्री ओलीको चीन भ्रमणको पूर्व सन्ध्यामा राजधानी केन्द्रीत आन्दोलन गर्ने तयारीमा लाग्ने निर्णय गरेको हो । प्रधानमन्त्री ओलीको चीन भ्रमण कहिले हुने भन्ने तय भएको छैन । यद्यपी सरकारले यसको तयारी थालेको छ । आफूहरुले मिति तय नगरेको बताउँदै तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले आफूहरुको उद्देश्य चीन भ्रमण रोक्न नभई चीनलाई यसको बारेमा सचेत गराउन चाहेको बताए । ‘चीनले पनि जानोस कि देशको समस्या समाधान नै नगरिकन देश विदेशको भ्रमण गरिरहेका छन्’ उनले भने, ‘मधेशी जनताले छ महिनादेखि आन्दोलन गरे तर त्यसको कुनै समाधान नै नदिइकन प्रधानमन्त्री आलीले भारतको भ्रमण गर्नुभयो अब चीन भ्रमणको तयारीमा हुनुहुन्छ । त्यसको विरोधमा मधेशी मोर्चाले राजधानी केन्द्रीत आन्दोलन गर्नेछ ।’ आजदेखि शुरु भएको सचिवालयको बैठकले आन्दोलनको समिक्षा गरि अगामी दिनमा गर्ने आन्दोलनको तयारी, प्रधानमन्त्रीलाई बुझाउने ज्ञापनपत्रको बारेमा छलफल गर्नेछ । आन्दोलनको स्वरुप परिवर्तन गरेपनि सरकारले कुनै वास्ता नगरेको भन्दै प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्रमार्फत जानकारी गराएर नै आन्दोलनमा जाने तयारी भइरहेको नेता यादवले बताए ।ratopati

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment