Monday, February 29, 2016

गगन थापा महामन्त्रीमा उठ्लान ? यस्ता छन् तीन चुनौती र तीन सम्भावना

सोमबार, १७ फागुन
काठमाडौं । नेपाली काँग्रेसको १३ औं महाधिवेशन आउन अब तीन दिनमात्रै बाँकी रहेको छ ।
पार्टी सभापति सुशील कोइरालाको निधनको शोकमै रहेको काँग्रेसलाई तत्कालै महाधिवेशन गरेर वैधानिकता जोगाउने चुनौती पनि रहेको छ ।
महाधिवेशनको चटारोमा रहेको काँग्रेसमा नयाँ नेतृत्वका लागि तीन जना नेताहरुले दाबी गरिरहेका छन् । संस्थापन पक्षबाटै कार्यबहाक सभापति रामचन्द्र पौडेलसहित महामन्त्री कृष्ण सिटौला समेत प्यानलै बनाएर मैदानमा उत्रिने तयारीमा रहेका छन् ।
पछिल्लो समयमा सिटौला प्यालनको महामन्त्रीमा गगन थापाको नाम चर्चामा छ । तर उनले आफै भने कुन प्यानलबाट उम्मेदवार बन्ने भन्नेबारेमा सार्वजनिक घोषणा गरेका छैनन । आगामी महाधिवेशनमा महामन्त्रीमा उठ्न गगन थापालाई तमाम चुनौती रहेका छन् :–
१.काँग्रेसमा युवालाई नेतृत्वमा अवसर दिइनुपर्ने उनको मुख्य जोड रहँदै आएको छ । यस्तो अवस्थामा उनले पदाधिकारीमा नै दावी गर्नुपर्ने अवस्था छ । तर अहिलेसम्म उनी संस्थापन र देउवा दुवै पक्षको पदाधिकारीभित्र अटाएका छैनन् । त्यहाँभित्र अटाएर चुनाव जित्नुपर्ने बाध्यता उनको छ ।
२. देउवा प्यालनबाट उनकै ससुरा अर्जुननरसिंह केसी महामन्त्रीको रुपमा मैदानमा उत्रिने तयारीमा छन् । यस्तो अवस्थामा उनलाई ससुराविरुद्ध महामन्त्रीमा उम्मेदवारी दिन कठिनाई पर्ने देखिएको छ ।
३. गगन थापासँग युवा पुस्ताको आशा रहेको छ । युवाको आशालाई जीवित राख्न पनि उनले अब पदाधिकारीमा नै लड्नुपर्ने हुन्छ । काँग्रेसमा धेरैपटक केन्द्रीय सदस्यमा नै सीमित भएका नेताहरु पनि छन् । तर उनी केन्द्रीय सदस्यमा नै उम्मेदवार बन्दा अघिल्लो पटक जुन लोकप्रिय मत ल्याएका थिए । त्यो अब नरहँने सम्भावना छ ।
गगन थापाका अघि यतिबेला चुनौती र अवसर बराबर रहेका छन् । उनले पदाधिकारीमा नै उम्मेदवार बनेपनि त्यसले उनलाई फाइदा नै गर्नेछ ।
१. जुन प्यानलबाट उठेर भएपनि उनी मैदानमा उत्रिए भने उनलाई युवा पुस्ताको भोट जाने निश्चित छ । यस्तो अवस्थामा उनले अन्य उम्मेदवारलाई कडा टक्कर दिनेमात्रै होइन चुनाव जित्ने सम्भावना रहन्छ ।
२. आफ्नै परिवारभित्रै पनि राजनीतिक विचार फरक भएका थुप्रै उदाहरण छन् । त्यसकारण उनले यसपटक आँखा चिम्लिएर महामन्त्रीमा उम्मेदवारी दिएर त्यसमा पराजित नै भएपनि उनको उचाई केन्द्रीय सदस्यमा जित्नुभन्दा माथि हुनेछ ।
३. उनले पार्टीमा युवाहरुलाई स्थान दिइनुपर्ने भनि उठाउँदै आएको आवाजमा उनको उम्मेद्वारीले थप बल मिल्नेछ । यसले उनी बोल्नेमात्रै होइन व्यबहारिक रुपमै काँग्रेसमा युवा पुस्तालाई अघि बढाउने पक्षमा भएको देखिन्छ । यसले उनीमाथिको युवाको भरोसामा अझ वृद्धि हुनेछ र भावी राजनीति अझ सुरक्षित बन्नेछ ।
nepalsandesh

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment