Monday, February 29, 2016

नेपाल टेलिकमबाट ग्राहक ठगिए

परासी: इन्टरनेट सञ्चालनका लागि प्रिपेड मोबाइलबाट डाटा प्याकेज लिएका ग्राहकले नेपाल टेलिकमबाट ठगिएको गुनासो गरेका छन्।

प्रिपेडबाट विभिन्न साइजमा जीएसम डाटा लिएका ग्राहकले इन्टरनेट चलाउँदा मेन ब्यालेन्सबाट रकम काट्ने गरेको गुनासो बढेको हो।

सेवा लिदा सुरुमा ब्यालेन्सबाट रकम कट्टा गर्ने गरिएको छ। तर, इन्टरनेट चलाउँदा डाटाबाट नभइ मेन व्यालेन्सबाट रकम काटेको भन्दै टेलिकमका कार्यालय परासी र भैरहवा शाखामा ग्राहकको गुनासो दिनहुँ बढ्दो छ।

नेपाल टेलिकमले दुई दिनदेखि ६ महिनासम्मको आठ रुपैयाँदेखि दुई हजार आठ सयसम्मको डाटा उपलव्ध गराउँदै आएको छ। जसमा १० एमबीदेखि १० जीबीसम्मको डाटा प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ।

एक सय ४६ रुपैयाँ ९० पैसामा दुई सय एमबीको डाटा लिएका परासीका संगित शर्माले सेवा लिएपछि डाटा एक्टिभ भएको मोबाइलमा म्यासेज आएपनि इन्टरनेट चलाउँदा मेन व्यालेन्सबाट रकम काटेको बताए।

प्रिपेड मोबाइलमा डाटा लिन चाहाने ग्राहकलाई नेपाल टेलिकमले म्यासेज बक्समा डाटा टाईप गरी १४१५ मा म्यासेज पठाएपछि इन्टरनेट सुविधाको व्यवस्था गरेको छ। त्यसरी सेवा लिएका ग्राहक गुनासो लिएर आउने गरेको नेपाल टेलिकम दूरसञ्चार कार्यालय परासी शाखाकी खरिदार रिता रामदामले बताइन्।

त्यसबारे भैरहवा क्षेत्रीय कार्यालयमा सम्पर्क गर्दा प्रिपेड मोबाइलमा त्यस्तो समस्या आएको बताउने गरेको रामदामले जानकारी दिइन्।नेपाल टेलिकम भैरहवा शाखाका प्राविधिक भरत शर्माले समस्या लिएर ग्राहकहरु आउने गरेकाले केन्द्रीय कार्यालयमा जानकारी दिइएको बताए।

'नयाँ सेवा भएकाले समस्या देखिएको हो, त्यसका लागि केन्द्रले नै प्राविधिक सुधार गर्नु पर्छ।' शर्माले भने।
annapurnapost

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment