Monday, February 29, 2016

नक्कली लाइसेन्सलार्इ तह लगाउन सात हजार स्मार्ट कार्ड वितरण

काठमाडौँ, १७ फागुन । यातायात व्यवस्था विभागले अहिलेसम्म सात हजार स्मार्ट कार्ड वितरण गरेको जनाएको छ । वाग्मती अञ्चलभित्रका सवारी चालकलाई स्मार्ट कार्डमार्फत अनुमति प्रदान गरिएको हो । अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा वितरण कार्य गत पुस ३ गतेबाट प्रारम्भ गरिएको थियो ।
पहिलो चरणमा वाग्मती अञ्चलभित्र सवारी चालक अनुमतिपत्र लिएकालाई स्मार्ट कार्ड प्रदान गरी परीक्षणको रुपमा हेर्दा सफल भएपछि विभागको देशभर रहेका कार्यालयबाट सबैलाई प्रदान गर्ने विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो । सवारी चालकको परिचय तथा कहिले कहाँबाट सवारी चालकको अनुमति लिएको भन्नेबारेमा सबै जानकारी स्मार्ट कार्डभित्र राखिएको हुन्छ ।
यो विद्युतीय प्रणालीबाट व्यवस्थित गरिएकाले नक्कली सवारी अनुमति पत्रलाई निषेध गर्न सहयोग पु¥याउनेछ । महानिर्देशक श्रेष्ठले यस क्षेत्रमा देखिएका विकृति तथा विचौलियालाई समेत न्यूनीकरण गर्ने बताउँदै स्मार्ट कार्डलाई व्यवस्थित गर्न दक्ष जनशक्तिको अभाव रहेको बताउनुभयो ।
त्यसैगरी विभागका इन्जिनियर राजकुमार महर्जनले उक्त कार्डको माग दिन प्रतिदिन अत्यधिक बढ्दै गएको भए पनि दैनिक एक हजार स्मार्ट कार्ड वितरण सक्ने क्षमता रहेको बताउनुभयो । सवारी अनुमतिपत्रको नवीकरणका लागि दैनिक करिब ६०० निवेदन पर्ने गरेको र तीनलाई स्मार्ट कार्डमा व्यवस्थित गरिने गरेको उहाँले बताउनुभयो । रासस
purbelinews

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment