Monday, February 29, 2016

‘गगन’ ल्याउन भन्दै देउवाले गनगन गर्न थालेपछि …

काठमाडौं, १७ फागुन । नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र नेता नातानान पनि तिव्र बन्दै गएको छ । पार्टी नेतृत्वका लागि अहिलेसम्म पाँच जनाले दाबेदारी प्रस्तुत गरिसकेका छन् । कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीहरु प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा नेतृ सुजाता कोइरालाले नेतृत्वको आकांक्षा देखाइसकेका छन् । उनीहरुले आफूलाई भावी समापतिमा विजयी गराउन कार्यकर्ताहरुलाई आग्रह गर्दै मतसमेत मागिरहेका छन् ।
तर महाधिवेशन आउन तीन दिन बाँकी छँदासमेत सभापतिका दाबेदार कसैले पनि आफ्नो प्यानल घोषणा गर्न सकेका छैनन् । आ–आफ्नो समूहभित्र पदाधिकारीका आकांक्षी धेरै भएपछि उनीहरुले प्यानल घोषणा गर्न नसकेका हुन् । आफ्नो प्यानल आजै घोषणा गर्ने तयारीमा रहेका वरिष्ठ नेता शेरबहादुर देउवासमेत पछि हटेका छन् । उनले संस्थापन पक्षभित्र विवाद सिर्जना भएपछि त्यहाँका असन्तुष्टलाई समेत समावेश गरेर प्यानल घोषणा गर्ने तयारी गरिरहेका छन् ।
अघिल्लो महाधिवेशनमा संस्थापन पक्षमा खुलेरै लागेका नेता अर्जुननरसिंह केसीलाई वरिष्ठ नेता देउवाले आफ्नो प्यानलको महामन्त्रीमा उठाउने बचन दिएका छन् । तर उनले केसीका ज्वाईंसमेत रहेका युवा नेता गगन थापालाई आफ्नो समूहमा ल्याउनुपर्ने सर्त पनि राखेका छन् ।
देउवाले राखेको सर्त स्वीकार गर्दै केसीले महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेका थिए । तर अन्तिम समयमा आएर गगन थापाले देउवाको क्याम्पमा नजाने र बेग्लै समूहबाट महामन्त्रीमै चुनाव लड्ने तयारी गरेपछि देउवा सशंकित बनेका छन् । देउवाले जसरी पनि गगन थापालाई आफ्नो प्यानलमा ल्याउनसमेत केसीलाई दबाब दिन थालेका छन् ।
महामन्त्रीमा गगन बेग्दै प्यानलबाट चुनाव लड्ने भए केसीलाईसमेत देउवाले आफ्नो समूहमा पार्ने सम्भावना नरहेको उनी निकट नेताहरु बताउँछन् । देउवा पक्षमा पहिलेदेखि नै लाग्दै आएका खुमबहादुर खड्का, पूर्णबहादुर खड्का र बालकृष्ण खाँडलगायतलेसमेत महामन्त्रीमा दाबेदारी गरेका छन् । यसले देउवालाई निकै अप्ठ्यारो परेको बताइएको छ ।
dainiknepal

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment