Monday, February 29, 2016

नेपाली आकाशमा मनसुनी गतिविधि, के हुन्छ ?

१७ फागुन, काठमाडौं ।

मौसम तातेसँगै नेपाली आकाशमा मनसुनका प्रारम्भिक लक्षण देखिन थालेका छन् । मनसुन पुरै आइनसके पनि खुला आकाशमा यसका गतिविधि सुरु भइसकेको मौसमविद्ले बताएका छन् ।

‘शुक्रबारदेखि प्रारम्भिक मनसुनको गतिविधि देखिएका छन्, आइतबार काठमाडौँको आकाशमा यसको प्रभाव बढी देखियो’, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले भने, ‘यससँगै चिसो कम हुँदै जान्छ, बिस्तारै छिटपुट बर्षा सुरु हुन्छ ।’



उनका अनुसार प्रारम्भिक मनसुनमा मध्यान्ह घाम लाग्छ । मध्यान्हपछि बादल देखिन्छ । चट्याङ पर्न थाल्छ । छिटपुट बर्षा पनि गराउँछ । यद्यपी यो बर्षा क्षणिक मात्र हुन्छ । बिहान फेरि पनि आकाश सफा हुन्छ ।

‘यसको गतिविधि देखिने भनेकै मध्यान्हपछि हो’, अर्यालले भने । आइतबार साँझ राजधानीमा भएको बर्षा पनि नेपाली आकाशमा सक्रिय प्रारम्भिक मनसुनकै प्रभाव रहेको उनको भनाई छ ।

जेठको अन्तिम साता मनसुन नभित्रिँदासम्मको समयलाई प्रारम्भिक मनसुन भनिन्छ । यो समयमा चट्याङ, हावा–हुन्डरी र क्षणिक बर्षाको सम्भावना भइरहन्छ ।

चट्याङ र हावाहुरीका कारण मानविय तथा भौतिक क्षतिको सम्भावना पनि त्यत्तिकै हुन्छ । यो अवस्था झन्डै तीन महिना कायम रहन्छ । नागरिक दैनिकमा खबर छ ।

nepaliheadlines

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment