Monday, February 29, 2016

राम भेटेपछि प्रचण्ड दंग, उता सिन्धुपाल्चोकमा गयो पहिरो

१७ फागुन, काठमाडों ।

सिन्धुपाल्चोकमा पशुपति शमशेर राणाको भन्दा अग्नि सापकोटाको भद्दा पारिवारिक शासन भएको भन्दै लामो समयदेखि विरोध गर्दै आएका एमाओवादी पोलिटब्यूरो सदस्य ध्रुव पराजुली बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा गएपछि सिन्धुपाल्चोकमा एमाओवादीलाई ठूलो धक्का लागेको छ ।

सरल र सांद्गी जीवन गुजार्ने पराजुली एमाओवादीभित्र स्थापित नेता हुन् । अग्नि सापकोटाभन्दा सिन्धुपाल्चोक र त्यस वरपर धेरै स्थापित पराजुली संघर्षमा अगाडि र सुविधानमा पछाडि हट्ने नेता हुन् ।

अग्नि सापकोटाले भतिज, छोराहरुलाई जबर्जस्त अगाडि लगाएर सुविधाको राजनीति गरेको र उनको गलत कार्यको समर्थन गर्नेहरुलाई मात्र सिन्धुपाल्चोकको राजनीतिमा अगाडि बढाएको भन्दै उनले असन्तुष्टि पोख्दै आएका थिए ।


उनको मतको पक्षमा सिन्धुपाल्चोकमा पुराना र इमान्दार कार्यकर्ताहरु र माओवादी समर्थक जनता रहेको बताइन्छ ।

दोस्रो संविधानसभाको निर्वाचनमा अग्नि सापकोटा लड्ने ठाउँमा उनको माग थियो । अग्नि त्यहीबाट उठे र उनलाई अर्को क्षेत्रमा धकेले । उनले मानेनन् ।

प्रचण्डले समानुपातिकमा टिकट दिए । उनले निगाहमा सांसद नबन्ने भन्दै सार्वजनिक रुपमा राजिनामा दिए । धाँधली गर्दा पनि असाध्यै झिनो मतले मात्र सापकोटाले निर्वाचन जिते ।

आलोचनात्मक चेत भएका ध्रुवको बहिर्गमनपछि प्रचण्ड असाध्यै चिन्तित भएको लाजिम्पाट निकट स्रोतले जनाएको छ । साँघु साप्ताहिकमा खबर छ ।

nepaliheadlines

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment