Monday, February 29, 2016

यी हुन् उपेन्द्र यादवकी उम्मेदवार कांग्रेस महाधिवेशन प्रतिनिधि

काठमाडौं, १७ फागुन । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालकी नेतृ इन्दु थापा काठमाडौं क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि चयन भएर आएको खुसाला भएको छ ।
नयाँबानेश्वरकी सम्पन्न परिवारकी थापाले प्रसस्त पैसा खर्च गरेर महाधिवेशन प्रतिनिधि चयन भएकी हुन् । संघीय समाजवादी पार्टीमा रहँदा उनलाई काठमाडौं क्षेत्र नम्बर १ को जिम्मेवारी दिइएको थियो ।
संघीय समाजवादी र मधेसी जनअधिकार फोरम नेपालबीच पार्टी एकीकरण भएपछि थापा सोही पार्टीमा सक्रिय थिइन् । तर अहिले उनी एकाएक कांग्रेसको राजनीतिमा सक्रिय भएकी छिन् ।
थापा दोस्रो संविधान सभा चुनावमा काठमाडौं क्षेत्र नम्बर १ बाट संघीय समाजवादी फोरम नेपालको समानुपातिक उम्मेदवार बनेकी थिइन् । उनलाई संघीय समाजवादी फोरम नेपालले अहिले पनि आफ्नो नेतृका रुपमा कार्यक्रमहरूमा बोलाउँदै आएको छ ।
काठमाडौं क्षेत्र नम्वर १ का समानुपातिक सांसद मोहनकुमार राईको दबाबमा थापालाई महाधिवेशन प्रतिनिधि बनाइएको स्रोतको भनाइ छ ।
थापा संघीय समाजवादी फोरम नेपालले पेश गरेको बन्द सूचीको क्रमसंख्या २३५ को उम्मेदवार क्रम संख्या २३९ मा उनको नाम उल्लेख छ ।
कांग्रेसको विधान ‘२०१७ परिचय ६ को विविधतर्फ ११ को (ख) अनुसार पार्टी सदस्यता नरहने कारणमा संसद वा स्थानीय तहको निर्वाचनमा पार्टीले प्रस्तुत गरेको आधिकारिक उम्मेदवारविरुद्ध वागी उम्मेदवार भए, चुनाव लडेमा वा वागी उम्मेदवारको प्रस्तावक वा समर्थक भएमा र यहि महलको १६ मा पार्टीको कृयाशील सदस्यताको निरन्तरता अवधी गणना गर्दा पार्टीको सदस्यतावाट निष्कासन गरिएको वा पार्टी परित्याग गरेको अवस्थालाई निरन्तर कृयाशिल सदस्य रहेको मानिने छैन्’ भन्ने उल्लेख छ ।
थापा अर्कै पार्टीकी नेतृ भएपनि नेताहरूको दबाबमा महाधिवेशन प्रतिनिधि बनाइएको राज खुलेको हो । नेतृ थापा कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाको नजिकी मानिन्छिन् ।
सो क्षेत्रका सांसद समेत रहेका महामन्त्री प्रकासमान सिंहलाई पनि यो विषयमा जानकारी छ । तर उनले थापालाई कारबाहीमा कुनै चासो नदेखाएको कार्यकर्ताहरूले आरोप लगाएका छन् ।
dainiknepal

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment