Monday, February 29, 2016

मार्चमा मोदीले भारत छाड्ने ! जानेछन् विश्वका यी देशमा

नयाँ दिल्ली, १७ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी मार्च महिनामा विभिन्न तीन देशको भ्रमण गर्न लाग्नुभएको बताइएको छ ।
उहाँले आगामी मार्च महिनामा संयुक्त राज्य अमेरिका, बेल्जियम र साउदी अरेबियाको भ्रमण गर्न लाग्नुभएको भारतीय विदेश मन्त्रालयलाई उद्धृतगरी दिइएको समाचारमा जनाइएको छ ।
उहाँ मार्च ३० मा बेल्जियम पुग्नुहुने र त्यहाँ हुन लागेको युरोपेली युनियनको सम्मेलनमा सहभागी हुनुहुने छ ।
त्यसपछि उहाँ संयुक्त राज्य अमेरिका जानुहुने छ । अमेरिकाको वासिङ्टनमा हुने आणविक सुरक्षा सम्मेलनमा सहभागी हुनुहुने सो समाचारमा जनाइएको छ ।
उक्त आणविक सुरक्षसम्बन्धी सम्मेलनमा विश्वका करिब ५० देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता रहने जनाइएको छ ।
प्रधानमन्त्री मोदीले त्यसपछि साउदी अरेबियाको भ्रमण गर्नुहुने छ । भारतको प्रधानमन्त्रीका रुपमा गएको छ वर्षयता पहिलो पटक प्रधानमन्त्री मोदी साउदी अरेबिया जान लाग्नुभएको हो । रासस
dainiknepal

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment