Monday, February 29, 2016

सरकार छोड्ने तयारीमा राप्रपा

१७ फागुन, काठमाडों ।

सत्ताको प्रमुख घटक एमाओवादीका प्रवक्ता दिनानाथ शर्माले आगामी चैतभित्र नेपाली कांग्रेसको नेतृत्वमा मधेसी दलसहितको राष्ट्रिय सहमतिको सरकार गठन हुने बताइरहेका बेला सरकारको अर्को घटक राप्रपाले पनि सरकारबाट बाहिरिने तयारी गरेको छ ।

दुईजना मन्त्री दिइने भनिए पनि एकजना मन्त्रीसहित दुई महिनाअघि एक राप्रपाबाट एकजनालाई सरकारमा सामेल गरिएको थियो । वाणिज्य र श्रम मन्त्रालयका साथ राप्रपाका सहमहामन्त्री दिपक बोहोरा सरकारमा सामेल छन् ।

यी दुईमध्ये एउटा मन्त्रालयको जिम्मेवारीका साथ आफ्ना छोरा जयन्त चन्दलाई मन्त्री बनाउन अध्यक्ष लोकेन्द्रबहादुर चन्दले निकै अघिदेखि प्रधानमन्त्री केपी ओलीलाई दबाव दिँदै आएका थिए ।

निवर्तमान अध्यक्ष पशुपतिशमशेर राणाले समेत प्रधानमन्त्री ओलीलाई भेटेर चन्दलाई तत्काल मन्त्री बनाउन आग्रह गरेका थिए । तर सुनुवाई नभएपछि सरकारबाट फिर्ता हुने कुरामा अध्यक्ष चन्द र निवर्तमान अध्यक्ष राणाबीच सहमति भएको छ ।

समाचार स्रोतका अनुसार नेपाली कांग्रेसको महाधिवेशन सकिएलगत्तै राप्रपाको केन्द्रीय समितिको बैठक बस्नेछ र उक्त बैठकले सरकारबाट आफ्नो पार्टी बाहिरिने निर्णय गर्नेछ ।

यो निर्णय गराउन अध्यक्ष चन्द र निवर्तमान अध्यक्ष राणाले केन्द्रीय सदस्यहरुलाई छुट्टाछुट्टै भेटघाट गरिरहेका छन् । तरुण साप्ताहिकमा खबर छ ।

nepaliheadlines

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment