Monday, February 22, 2016

बाबुरामले संविधान रोक्न निकै प्रयास गरेको दाहालको खुलासा

काठमाडौं, फागुन १० । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले एमाओवादीबाट फुटेर गएका मोहन वैद्य, नेत्रविक्रम चन्दलगायतका पार्टीहरुसँग छिट्टै पार्टी एकता हुने दाबी गरेका छन् ।

एमाओवादी काठमाडौं जिल्ला समितिले सोमबार राजधानीमा गरेको कार्यक्रममा उनले विगतमा आफूहरु महत्वकांक्षी बनेकै कारण पार्टी अहिलेको अवस्थामा खुम्चनुपरेको भन्दै फुटेर गएकाहरुसँग एकता गरेर पार्टीलाई पहिलो नम्बरको बनाउने जिकिर गरे ।

दाहालले एमाओवादी पहिलो नम्बरको पार्टी नभएसम्म आफूले राष्ट्रपति र प्रधानमन्त्री पदको दाबीसमेत नगर्ने स्पस्ट पारे ।

डा. बाबुराम भट्टराईले नेता हुने रहरले पार्टी छोडेको भन्दै दाहालले ‘संविधान रोक्न पनि भट्टराईले निकै प्रयास गरेको’ दाबी गरे ।

उनले ‘भट्टराईको इसारामा अघि बढेको भए मुलुकमा संविधान नै आउँदैन थियो’–भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नाकाबन्दी खुल्यो भन्दै ढुक्कले भारत भ्रमणमा गएपनि अहिलेपनि परिस्थिति सहज नभएको उनको भनाइ थियो । -imagekhabar

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment