Monday, February 22, 2016

जन्मदिनमा ओलीले मोदीबाट पाए पुष्प गुच्छा र गिफ्ट

फागुन, नयाँ दिल्ली ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई जन्मदिनको उपहार दिएका छन् ।

६ दिने राजकीय भ्रमणका क्रममा भारतमा रहेका ओलीलाई मोदीले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबलमार्फत पुष्पगुच्छा गिफ्ट पठाएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आज ६५ औं जन्म दिनको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गिफ्ट दिएका हुन् ।

अशोक मेहतालाई ओलीले दिए मुखभरीको जवाफ

यस अघि भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भाइको नाता लगाउँदै जन्मदिनको शुभकामना दिएकी थिइन ।

मोदीलाई ओलीको जवाफः संविधान हतारमा जारी भएको होइन

ओलीलाई जन्मदिनको शुभकामना दिने क्रममा सुष्माले ‘म ओलीजी भन्दा आठ दिनले जेठी रहिछु त्यसैले म दिदी’ समेत भनेकी थिइन् ।

nepaliheadlines

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment