Saturday, March 11, 2017

बिक्रीका लागि पठाउन राखिएका चार महिलासहित ‘नाइके’ पक्राउ


 सुर्खेत जिल्ला घर भइ हाल राजधानीमा बसेर महिला बेचविखनमा सक्रिय खडानन्द कँडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ओमनमा बेचिएर सकुशल नेपाल आएकी एक महिलाले दिएको उजुरीका आधारमा कँडेललाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार सुर्खेतको बाबियाचौर गाविस– ६ स्थायी घर भई हाल ललितपुरको ईमाडोल– ५ बस्दै आएका ४० वर्षीय कँडेललाई उनकै डेराबाट प्रहरीले पक्राउ गरेको थियो ।

ललितपुर प्रहरीले अनुसन्धान पश्चात आवश्यक कारवाहीका लागि प्रहरी परिसर काठमाडौंमा पठाएको छ ।
कँडेलले दुई वर्ष अगाडिदेखि श्रम स्वीकृत नलिई नेपालबाट महिलाहरूलाई विभिन्न प्रलोभनमा पारी खाडी मुलुकमा पुगाउने गरेको अनुसन्धानबाट खुलेको छ ।

कँडेलले कुवेत पठाउने भनेर चार जना महिलालाई ईमाडोलस्थित आफ्नो डेरामा राखेका थिए । फागुन १४ गतेदेखि राखिएका ती महिलाहरू राखेको उजुरी परेपछि प्रहरीले सकुशल उद्दार गरेको छ । दैनिक नेपालको सहयोगमा

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment