Thursday, January 26, 2017

४ रुपैयाँले हुने ठाउमा किन हर्लिक्समा ५० रुपैयाँ खर्च गर्ने ? डाक्टर अरुणा उप्रेती


हर्लिसको एउटा विज्ञापन आउँछ। एक गृहिणी दुध उमाल्न राख्छिन् र बिसिन्छिन्। दुध भकलक्क उम्लिन खोज्छ तर गृहिणीले दौडेर गएर ग्यास निभाउँछिन्। एउटा आवाज आउँछ, ‘दुध उम्लेपछि २५५ पौष्टिक तत्व नष्ट हुन्छ। त्यसैले हर्लिक्स मिलाएर बच्चालाई दिनुस् र दुधको पोषण बढाउनुस्।’

यो अति गलत र भ्रमपूर्ण विज्ञापन हो। महंगो हर्लिक्सलाई स्वास्थबर्धक खाना मान्ने मानिसहरुले जौको सत्तु बच्चालाई दिनुस् भन्दा ‘छया’ भन्लान् तर त्यस्तै अन्नबाट बनेको हर्लिक्स चाँही दिन खोज्छन्। टेलिभिजनमा आउने विज्ञापनमा एकजना स्वास्थ्यकर्मी आएर यस्तो खानेकुराले “बालबालिकाको बुद्धि बढाउँछ’ भनेर उल्लेख गरिन्छ। वास्तवमा यो भ्रमपूर्ण विज्ञापन हो। कुनै पनि बजारिया प्याकेटमा राखिएका खानेकुराहरुले बच्चालाई न अग्लो बनाउँछ, न बढी बुद्धिमान बनाउँछ। बच्चालाई घरमा नै बनाइएका दाल, भात, तरकारी, दूध, दही, फलफुल, गेडागुडी आदिको उचित पोषणले नै स्वस्थ बनाउँछ। कुनै खास खानेकुराले बच्चालाई बढी बुद्धिमान बनाउने भए त धनी मातापिताका सन्तान, राजा र नेताहरुका छोराछोरी कति बुद्धिमान हुन्थे होलान?
यस्तै भ्रमपूर्ण विज्ञापन प्रसारण भइरहेको छ। “तपाईका बच्चाहरुले घरको खाना खाँदैनन्? त्यसैले हर्लिक्स खुवाउनुस्, यो खाएपछि बच्चा छिटो बढ्छ, बढी बुद्धिमान हुन्छ।’ घरको खाना नखाए पनि यसरी हर्लिक्स खाएपछि पोषणयुक्त तत्व शरीरमा पुग्छ भन्ने भ्रम जनमानसमा फैलाइएको छ। यस्तै भ्रमपूर्ण विज्ञापनका कारणले गर्दा धेरै बाबुआमाले बच्चाहरुलाई घरको दालभात, रोटी, तरकारी खान प्रेरित नगरेर बाहिरका महंगा खानेकुराहरु दिने प्रचलन बढ्दै गएको छ। पौष्टिकताको विषयमा गरिएको अनुसन्धानमा हर्लिक्समा कति प्रोटिन, कति कार्बोहाइड्रेट हुन्छ र त्यसको मूल्य के छ भनेर तथ्य अगाडि ल्याइएको छ।

अध्ययन अनुसार १०० ग्राम हर्लिक्समा पाइने यी तत्वलाई ५० रु. तिर्नुपर्छ तर यिनै तत्व पाइने खाद्य पदार्थ हामी रु.४ मा नै पाउन सक्छौ। झन् अहिले त साना शिशुको लागि, ५–६ वर्षको बच्चाको लागि, गर्भवती महिलाको लागि भनेर आउने हर्लिक्सको विज्ञापन र तिनमा देखाइएको तथाकथित चित्रहरुले त मानिसहरुलाई साँच्चि नै भ्रम पर्न जान सक्छ। वास्तवमा यी पदार्थ व्यापारिक प्रयोजनको लागि बनाइएको र यिनमा भनिएका धेरै कुरा अति बढी प्रचारित र भ्रमपूर्ण हुन्छन्। हर्लिक्स जस्तै अर्को बस्तु बोर्नभिटाका बारेमा गरिएको विज्ञापनमा भनिएको छ, यसको प्रयोगले बच्चा बढी काम गर्न सक्ने, बढी खेल्न सक्ने हुन्छ। यसरी बोर्नभिटाले बढी काम गर्न सक्ने भए त यो किनेर खुवाउने सबैका छोराछोरीहरु बढी खेल्न सक्ने, लामो समय काम गर्न सक्ने हुन्थे होलान् तर त्यस्तो भएको कहिँ देख्नुभएको छ?

साबुनका विज्ञापनहरु पनि निकै भ्रमपूर्ण हुन्छन्। कुनै पनि साबुनको मुख्य काम छालाको सफाइ गर्ने हो। लुगा धुने साबुनले लुगाको मैलो निकाल्छ, नुहाउने साबुनले शरीरको फोहोर निकाल्छ।

अनुहार र शरीरमा लगाउने साबुनको विज्ञापन चाहिँ फिल्मका नायक÷नायिका, मोडललाई अघि सारेर गर्ने गरिन्छ। कुनै खास किसिमको साबुन लगाएपछि अनुहारको रंग गोरो, छाला नरम हुन्छ भनिएको हुन्छ। यस्तो लाग्छ मानौ कुनै खास साबुन प्रयोग गरेपछि अनुहार नै फरक हुन्छ। अहिले आउने विज्ञापनहरुमा लक्स साबुनको विज्ञापन निकै नै बढी छ। विज्ञापनको भ्रममा परेर मानिसहरु नै ‘ऐश्वर्य राय’ जस्तो अनुहार पाउने आशामा साबुन किन्ने गरेको देखिन्छ। विज्ञापनमा भनिए जस्तो गोरो अनुहार साबुनले पार्न सक्दैन। किनभने शरीरको छालाको रंग त मानव शरीरमा भएको ‘मेलानिन’ नामक तत्वले गर्दा गोरो, गहुँगोरो वा कालो हुने हो। यसलाई बाहिरबाट साबुनले धोएर वा क्रिम लगाएर परिवर्तन गर्न सकिन्न।

प्राकृतिक छालाको रगं गहुँगोरो वा कालो हुनु मानौं कुनै अभिशाप नै जस्तो गरेर यस्ता साबुनले प्रचार गरिन्छ र मानिसको गहुँगोरोको अपमान गरिन्छ। यो नैतिक हा ?

छालाको सफाइको लागि महङ्गा साबुन किन्नु पर्ने जरुरत नै छैन, जुनसुकै साबुनले पनि त्यो काम गर्नसक्छ। जाडोको बेलामा त बरु साबुनको सकेसम्म प्रयोग नै बन्द गर्नुपर्छ। साबुनको धेरै प्रयोगले जाडोमा छाला सुख्खा हुने र फुट्ने हुन्छ।
त्यस्तै खाना खानुभन्दा अगाडि कुनै खास साबुनले हात धुनु पर्दैन। हात धुने जुनसुकै साबुनले धोए पनि हुन्छ। अहिले ‘लाइफबय’ नामको साबुनले अति आक्रामक भएर विज्ञापन गरिरहेको छ। लाइफबय साबुनले हात धोएपछि शरीरका १० थरि किटाणु भर्ने र यो साबुनले हात धोएपछि रुघाखोकी नलाग्ने, पेट नदुख्ने आदि आदि विज्ञापनमा दिइन्छ। डाक्टर अंकलको भेसमा सेतो कोट ओेडेर दिएको यस्तो परामर्श गलत हो। पहिलो त हातको ९९.९ प्रतिशत किटाणुको सफाइ गर्ने भन्ने विज्ञापन नै गलत छ। ९९.९ प्रतिशत किटाणु नष्ट भए भने त रोगसँग लड्ने हाम्रो शक्ति नै खत्तम हुन्छ।

यस्तै फलफूलको रसहरु तथा जुसको विज्ञापनमा पनि निकै झुट कुराहरुको प्रचार गरेको पाइन्छ। यस्ता बिज्ञापनमा ‘ताजा फलफूलबाट बनाई केही नमिसाई बट्टामा बन्द गरिएका स्वस्थ’ भनेर प्रचार गरिन्छ। फलफूलको वास्ना र चिनी मिसाएर बनाइएका रसलाई हामी साच्चिकै फलफूलको रस भनेर पत्याउँछौं। फलफुलकै रस हो भने के कुनै पनि बाहिरी वस्तु नमिसाई फलफूलको रस ‘ताजा’ रहिरहन सक्छ? फलफूलका रस बनाएर राख्दा फलफूलमा भएका कतिपय पोषणतत्व नष्ट हुन्छन्।

त्यसैगरी दाँत सफा गर्न प्रयोग गरिने विभिन्न किसिमका दन्त मञ्जनहरुको बारेमा पनि भ्रमपूर्ण विज्ञापनहरु प्रकाशन प्रसारण गर्ने गरिएको छ। ‘दाँत एकैचोटी झलमल हुने’ भनेर विज्ञापन गर्ने गरेको देखिन्छ। यस्तै विज्ञापनको भर परेर मानिसहरु त्यस्तो दन्तमञ्जन खरिद गरेर प्रयोग गरिरहेका हुन्छन्। वास्तवमा जुन मञ्जन प्रयोग गरेपनि खास केही फरक पर्दैन, दाँत सफा गर्ने काम मञ्जनको नभई ब्रसको हो। हरेक मञ्जनमा रंग, स्वाद र फिज निकाल्ने तत्व हुन्छन्। भिन्दा भिन्दै कम्पनीले भिन्दा भिन्दै वास्ना र स्वाद आउने तत्व मिश्रण गरेका हुन्छन्।

मञ्जनको प्रयोग गरेपछि फिँज निकालेर सफा गर्दा एक छिन ‘गुलियो र ताजापनको’ आभास चाँहि आउँछ, तर त्यसमा मिलाइएका तत्वहरुले दाँतमा क्याल्सियम पुर्‍याउने र विज्ञापनमा देखाइएका जस्ता ‘डरलाग्दा’ काला हरिया किराहरु मार्ने काम चाँहि गर्दैन। विज्ञापनको बहकाउमा आएर मानिसहरुले बारम्बार टुथपेस्ट परिवर्तन गर्ने गरेका हुन्छन्। विशेषज्ञका भनाइमा प्राय सवै प्रकारका टुथपेष्ट उस्तै नै हुन्छन। वास्ना र स्वाद मात्र कम्पनीअनुसार फरक हुन्छ। त्यसकारण कुन टुथपेस्ट प्रयोग गर्ने भन्ने कुराले दाँतको सफाइमा खासै महत्व राख्दैन बरु नियमितरुपमा सही तरिकाले ब्रस गरेको छ कि छैन भन्ने कुराले चाहिँ बढी महत्व राख्छ।

गुलिया आइसक्रिम र चकलेटहरु जति खाए पनि कुनै खास मञ्जनले दाँत माझेपछि चाँहि दाँतमा केही पनि हानी नगर्ने भन्ने किसिमका विज्ञापनहरु दिने गरिएको छ। यसबाट बच्चाहरु मात्र नभई आमा बाबुहरुमा पनि ठूलो प्रभाव परेको देखिन्छ। तर यस किसिमका भनाइ गलत हुन्। बालबालिकाहरुको दाँतमा चकलेट, आइसक्रिम, कोकाकोला, पेप्सी आदि गुलियो वस्तुको नकारात्मक असर निकै हुन्छ।

यस किसिमका गलत विज्ञापनको विरोध गर्दै आउनु भएका दन्त विशेषज्ञ डा. सुशील कोइराला भन्नुहुन्छ, ‘हामीले करिव दुई वर्ष अघि विभिन्न किसिमका दाँत माझ्ने मञ्जनहरुको जाँच गरेर त्यसमा के के कुरा छन भन्ने अध्ययन गरेर हेरेका थियाँै। त्यस अध्ययन अनुसार विभिन्न मञ्जनहरुले आफ्नो उत्पादनमा समावेस गरिएको भनेर विभिन्न तत्वहरुका वारेमा उल्लेख गरिएका कुरा बढाइँचढाइँ गरिएको पत्ता लागेको थियो। त्यस अध्ययनलाई हामीले जनताको माझ लगेर भ्रममा नपर्न आग्रह गर्ने प्रयास गरेका थियौँ।

जति बढी कुनै वस्तुको विज्ञापन आउँछ त्यो वस्तु वास्तवमा नै हामीलाई नचाहिने रहेछ भनेर बुझे हुन्छ। भटमास, कोदो, मकैजस्ता वस्तुको विज्ञापन गर्न पर्दैन होइन र? विवेकहीन विज्ञापनकै प्रभावले गर्दा तपाईं हामी जीवनका हरेक पलमा ठगिइरहेका हुन्छौं। विवेकहीन विज्ञापनकै प्रभावमा परेर हामीलाई आवश्यक नपरेका बस्तुहरु पनि किन्छौं। थोरै व्यय गर्ने ठाउँमा धेरै खर्च गर्छौ र आफ्नो स्वास्थ्य खराब गर्न आफैं अघि सर्छौं। विज्ञापन देखेर कुनै वस्तु प्रयोग गर्नु अघि सोच्नुस् साँच्चि विज्ञापनमा भनिएका कुरा विश्वास गर्न लायक छन् त? के हामीहरु विज्ञापनको प्रभावमा परेर विबेक गुमाइरहेका त छैनौँ?

लसुन नियमित खानुस् … यस्ता रोगबाट बच्नुस्



लसुन विभिन्न गुणले भरिपुर्ण तरकारीको स्वाद बढाउने यस्तो पदार्थ हो जुन प्राय सबैको घरमा प्रयोग हुने गर्छ । धेरैजसो मानिसले यसलाई मसालाको रुपमा मात्र प्रयोग गर्ने गर्छन । तर धेरैलाई थाहा नहुन सक्छ यो औषधीको रुपमा पनि उत्तिकै गुणकारी छ ।

सबैलाई थाहा भएकै कुरा हो यसको गन्ध धेरै नै कडा हुन्छ र स्वाद पनि । लसुनमा एलियम नामक एन्टीबायोटिक हुन्छ जसको सेवनले धेरै रोगबाट बच्न मद्दत मिल्छ । लसुन नियमित खाँदा ब्लडप्रेशरका रोगीलाई फाइदा हुन्छ । अझ भनौं नियमित लसुन सेवनले ब्लडप्रेशरलाई नर्मल राख्न सहयोग गर्छ । यसको नियमित प्रयोगले ग्याष्ट्रिकको समस्या कम हुनुको साथै एसिडिटी पनि बढ्न दिदैन ।

नियमित रुपमा दैनिक लसुनको पाँच केस्रा खाने गरेमा हृदयसम्बन्धि रोग हुने सम्भावना कम हुन्छ । साथै लसुनलाई पिसेर स्किनमा लगाउँदा बिषालु किराले टोक्दा हुने दुखाई कम हुन्छ । चिसो र रुघाखोकी कम गर्न लसुनले रामबाणकै रुपमा काम गर्ने गर्छ ।

लसुनले दमको रोग तथा जोर्नीको दुखाई कम गर्न मद्दत गर्दछ । यो पनि मानिन्छ कि लसुन नियमित प्रयोग गर्ने मानिसको दाँत, मांसपेशी, नाक, कपाल, नङ आदिको रङ परिवर्तन हुँदैन । यसले पेटमा रहेका कीराहरुलाई पनि मार्ने गर्छ ।

लसुनको सेवनले कब्जियतलाई हटाउनुको साथै आँखाको रोगलाई पनि भगाउने गर्दछ । हरियो लसुनमा जिरा र नुन मिसाएर चुर्ण बनाइ बिहान खाली पेटमा मनतातो पानीसँग सेवन गर्दा पेटमा हुने सानातिना समस्या हराएर जान्छन । लसुनको अचार खाँदा पनि पेटलाई फाइदा गर्ने गर्छ ।

लसुनले खानामा स्वादको रुपमा मात्र नभई शरीरमा हुने विभिन्न समस्याहरुको लागि औषधीको रुपमा काम गर्ने गर्छ । लसुनमा प्रोटिन, भिटामिन, खनिज, लवण र फोस्फोरस, आइरनका साथै भिटामिन ए, बी र सी पनि पाइन्छ ।

यौन शक्ति बढाउने ९ खानेकुरा यी हुन्


रमाइलो वा प्रेमको मुड बनाउन खानाको पनि महत्वपूर्ण भूमिका हुन्छ । प्राचीनकालदेखि नै युवायुवतीले यौन उत्तेजना बढाउने खालका विशेष खानेकुरा खान्थे । बेरी, फिग्स, महले यौन शक्ति बढाउने भन्दै यसको कम उपभोग गरेको बताइन्छ । यौन उत्तेजना गराउने दश ओटा उत्तेजक खानेकुराः
लसुन
अरुसँग बोल्दा दुर्गन्ध आउने भन्दै धेरै लसुन खान डरााउँछन् । तर यो खाना प्राचीन कालदेखि नै यौन उत्तेजकको रुपमा लिइन्छ । लसुनमा एलिसिन नाम गरेको तत्व हुन्छ यसले रक्त प्रबाहलाई सुर्धाछ, अत्यधिक सचेत बनाउछ । स्टेमिना बढाउँछ र एक प्रकारको ऊर्जा प्रदान गर्छ । कालो लुसनमा यो गुण अझै बढी हुन्छ ।
मह
आफ्नो यौन क्षमता बढाउन मध्यकालमा मानिसहरुले मह पिउने गर्थे । प्राचीन समयमा कुनै पनि बिबाहित जोडिलाई बिबाह गरेको एक वर्षसम्म महबाट बनेको पेय पदार्थ नियमित रुपमा खुवाइन्थ्यो, ताकी उनीहरुको हनिमुन रमाइलो होस् र बिबाह सफल होस् । महमा भिटामिन बी पाइन्छ । पुरुषमा टेस्टोरोन (सेक्स हर्मन) उत्पादन गर्न भिटामिन बीको आवश्यकता पर्छ । महले रगतको तहलाई पनि सशक्त बनाउँछ ।
अदुवा
यौन उत्तेजना ल्याउन अदुवा पनि उत्तिकै प्रभावककारी खानेकुरा हो । यसको गन्धले सर्कुलेटरी प्रणालीलाई उत्तेजित बनाई शरिरको हरेक कुनामा रक्त प्रबाह बढाइदिन्छ । भर्खरै बिरामी भएर निको भएका व्यक्तिको तग्रिन पनि यसले सहयोग प्रदान गर्छ । अदुवालाई तातो पानीमा उमाल्नुहोस, केही कागती र मह मिसाएर बनाएर खानुहोस् । यसले तपाईलाई सदा स्फूर्ती प्रदान गर्छ ।
ट्रफल
दक्षिण पश्चिम युरोपमा पाइने ट्रफल (एक प्रकारको फन्जी) यौन उत्तेजनाको दृष्टिले महत्वपूर्ण खानेकुरा मानिन्छ । प्राचीन ग्रीस र रोममा यसको अत्यधिक प्रयोग हुन्थ्यो । यसलाई आफ्नो पार्टनरसँग रमाइलो साँझ जस्ता विशेष अवसरमा आफ्ना पार्टनरसँग बसेर खान सकिन्छ । ट्रफलले बासना पुरुषको पसिना जस्तो हुने र महिलाहरुलाई पनि आर्कर्षित गर्ने बताइन्छ । ऐतिहासिक पुरुष नेपोलियन बोनापार्टले ट्रफल खाँदा यौन शक्ति बढ्ने विश्वास गर्थे ।
चोरिजो (स्पेनिश पोर्क)
तेलीय रातो मासुमा प्रोटिन र जिंकको मात्रा उच्च हुने र यसले टेस्टोटेरोनको उत्पादनमा सहयोग पुयाउने गर्छ । यो भिटामिन बी वानको पनि स्रोत हो जसले शरिरलाई एमिनो एसिड सोसी खानालाई उर्जामा बदल्न सहयोग पुयाउछ ।
अन्जिर
अन्जिर वा फिग्सलाई यौन र अपराधसँग सम्बन्धित एउटा कुख्यात खाना हो । एडम र इभको बाइबल कथामा उनीहरुको नांगो शरिर ढाक्न अन्जिरको पातहरुलाई प्रयोग गरी अन्जिरलाई सेक्ससँग पर्याबाची गराइएको छ । गार्डेन अफ इभमा भगवानले प्रतिबन्ध लगाइएको खानेकुरा अन्जिर थिए जसको भाव प्रलोभन र अपराध हुन्छ ।
अन्जिरको आकार मानिसहरुका लागि उत्तेजक अर्थ राख्छ र यसको बिउ पुरुष उर्वरताको रुपमा लिइन्छ । सेक्सपियरकी पात्र तथा सुन्दरताकी प्रतिमूर्ती क्लियोपेट्राको मन पर्ने फल पनि अन्जिर थियो । प्राचीन ग्रीसमा अन्जिरलाई प्रेमको प्रतिक पनि मानिन्छ । फिगभित्रको चिजलाई महिलाको यौन अंग जस्तै भएको विश्वास गरिन्छ । पिगमा एन्टिअक्सिडियन्ट, फ्लाभोनोइड्स, फाइबर, पोटासियम र आइरन पाइन्छ । यसले मुटु र रक्त कोषिकाको कामलाई पनि सहयोग गर्छ ।
मेडजोल डेट्स
मेडजोल डेट्स उत्तेजक र पवित्र दुबै मानिन्छ । डेट्स महिलाहरुका लागि निकै उत्तेजक मानिन्छ । यसले कुनै पनि व्यक्तिको यौन जीवनमा सुधार ल्याउने इरान र नाइजेरियाको विश्वास छ । पोषण, भिटामिन, खनिजयुक्त डेट्सले शरिरलाई उर्जा प्रदान गर्छ । एमिनो एसिडयुक्त यसले सेक्सुअल स्टेमिनालाई सशक्त बनाउछ । तसर्थ आफ्नो पार्टनरसँग रमाइलो साँझ बिताउन यो खाना उपयोगी मानिन्छ ।
लिक्वोराइस
प्राचीन चीन र इजिप्टमा यौन उत्तेजना बढाउन लिक्विओराइसको प्रयोग हुन्थ्यो । यसको उपभोगले लिंगमा रगतको मात्रा १३ प्रतिशतले बढाइदिने बताइन्छ ।
साल्मोन
समुद्रिक माछा साल्मोनले पनि यौन उत्तेजना बढाउँछ । ओगमा ३ युक्त साल्मोनको परिकारले दिमागमा हामीलाई खुसी पार्ने हर्मोन सेरोटोनिनको मात्रामा बृद्धि गरी तपाईको मुड रमाइलो बनाउछ । जिंकले मानिसमा बीर्य उत्पादन गर्न महत्वपूर्ण मानिने टेस्टोटेरोनलाई नियन्त्रण गर्छ र यौन गतिलाई बढाउँछ ।

चियापत्तीले सेतो कपाललाई कालो बनाउँछ, अन्य घरेलु उपाय यस्ता छन


छोटो उमेरमा नै कपाल फुल्ने समस्याले अधिकांशलाई सताइरहेको हुन्छ। तर, सेतो कपाललाई अझ बढि सेतो हुन नदिन साथै कालो बनाउने उपायहरू हाम्रै घरमा नै हुन्छन्।

हेरौँ, सेतो कपालको समस्यालाई रोक्ने घरेलु उपायहरूः
१. चियापत्ती
१ लिटर पानीमा २ चम्चा चियापत्ती राखेर उमाल्नुहोस्।  मनतातो भएपछि त्यस पानीलाई छानेर त्यसैले कपाल धुनुहोस्। यसपछि स्याम्पूको प्रयोग नगर्नुहोस्।
२. निबुवा
शुद्ध नरीवल तेलमा थोरै निबुवाको रस मिसाएर एकछिन उमाल्नुहोस् । नुहाउनुभन्दा १० मिनेट पहिला यस तेलले कपालको मालिस गर्नुहोस्।
३. अदुवा
 अदुवालाई पिसेर त्यसमा दूध मिसाई गाढा पेस्ट बनाउनुहोस्। यो पेस्टलाई कपालमा लगाउनुहोस्। १० मिनेटपछि सादा पानीले धुनुहोस्। यो विधि हप्तामा १ चोटि गर्नुहोस्।
४. अमला
बदामको तेलमा अमलाको रस मिसाउनुहोस्। यस तेलले दैनिक कपालको मालिस गर्नुहोस्।
५. कफी
कालो चियापत्ती वा कफीलाई १० मिनेटसम्म चिसो पानीमा भिजाउनुहोस्। सो पानीलाई छानेर त्यसले कपाल धुनुहोस्। यसले कपालको रङ्गलाई गाढा बनाउन मद्दत गर्दछ।  यो विधि २ दिनमा १ चोटि अपनाउनुहोस्।
६. दही
मेहेन्दी पाउडर र दही बराबर मात्रामा मिसाएर कपालको मसाज गर्नुहोस्। हप्तामा १ चोटि यो उपाय अपनाउनुहोस्।
७. गाईको दूध
हप्तामा एकचोटी गाईको काँचो दूधले कपालको मसाज गर्नुहोस्।  मसाज पछि मनतातो पानीले कपाल धुनुहोस्।

दुधको चिया शरीरमा गएर यसरी बन्छ विष


 अरु बेलामा भन्दा जाडो समयमा नेपालीहरु बढी चिया पिउँछन्। अधिकांश मानिसहरुले आनन्दको लागि, शरीर न्यानो गराउनको लागि चिया पिउने गर्छन्। फेरि चियाको (कालो चियाको) स्वास्थ्यमा फाइदाहरू पनि टन्नै छन्। प्राचीन समयमा चीन, भारत र नेपाल लगायत एसियाली भू-भागहरूमा कालो चियालाई औषधीको रूपमा पनि प्रयोग गर्ने गर्दथे।

चियामा हाम्रो स्वास्थ्यलाई प्रभाव पार्ने खालका धेरै तत्वहरू पाइन्छन्। विशेष गरी कालो चियामा प्रशस्तै एण्टिअक्सिडेन्ट र भिटामिन पाइन्छन्। यसले हाम्रो प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाउनुको साथै, रगतमा सुगरको मात्रालाई नियन्त्रण गर्ने, कोषका हुने क्षयलाई रोक्ने, मधुमेहबाट बचाउने साथै मुटुसम्बन्धी रोगबाट पनि बचाउँदछ तथापी, त्यस चियामा अलिकति पनि दूध मिस्सियो भने, अब त्यसले फाइदाभन्दा बढि बेफाइदा गर्दछ। तर कसरी?

दूधले चियालाई कसरी प्रभाव पार्दछ?
चियामा दूध मिसाएर पिउँदा स्वास्थ्यमा कस्तो प्रभाव पर्दछ भनेर अमेरिकाका वैज्ञानिकहरूले एक खोज गरेका थिए। उनीहरूले १६ जना स्वस्थ स्वयंसेवीकाहरूमा चियाको प्रभावको परीक्षण गरेका थिए। अनुसन्धानकर्ताहरूले ती महिलाहरूलाई एक दिन तातो पानी, अर्को दिन कालो चिया अनि अर्को दिन दूध चिया पिउन दिएर उनीहरूको मुटुमा भैरहेको गतिविधिलाई निरीक्षण गरेका थिए।

नतिजा अचम्मको निस्किएको थियो। तातो पानीमात्रै पिउँदा मुटुमा खासै त्यस्तो फरक परेन। कालो चिया पिउँदा मुटुको धमनी र रक्तनशालाई राहत पुग्यो भने दूध चिया पिउँदा ती महिलाहरूको मुटुको धमनी र रक्तनशामा हुने रगतको सञ्चारमा बाधा पुगेको थियो।

यसको एउटै मात्र कारण भनेको, दूधमा पाइने प्रोटिन ‘क्यासिन’ले गर्दा चियामा पैदा हुने ‘क्याटेचिन’को मात्रामा कमि हुने गर्दछ, जसले रक्त धमनीमा राहत पुर्याउन महत्वपूर्ण भूमीका खेल्ने गर्दछ।
उपाय के छ त?
दिनमा २ कप सम्म दूध चिया पिउनु खासै खतरनाक हुँदैन। तर यदि २ कपभन्दा बढि दूध चिया पिउने बानी छ भने त्यसलाई तुरुन्तै हटाउनु उचित हुन्छ। साथै, विहानको खाली पेटमा दूध चिया पिउँदा ग्यास्ट्रिकको समस्या देखा पर्दछ भनेर त सायद अधिकांशलाई थाहा नै छ होला।

बरु, कालो चिया पिउनुहोस्। कालो चियाका अनगिन्ती फाइदाहरू छन्। यसले मधुमेहलाई समेत ठीक गर्छ, त्यति मात्र कहाँ हो र? मृगौलाको कार्य शक्तिमा समेत कालो चियाले धेरै राहत पुर्याउने वैज्ञानिकहरूको अनुसन्धानबाट पत्ता लागिसकेको छ।

एक हप्तामै बोसो घटाउने यस्तो छ उपाय


काठमाडौं । अत्याधिक मोटोपनाले तपाईंको व्यक्तित्व मात्र खराब नगरि धेरै प्रकारको रोगको शिकार पनि बनाउन सक्छ । आयुर्वेदिक विधिलाई पेटको बोसो घटाउन उपयुक्त मानिन्छ ।
यस्ता छन् विधि
दिनको सुरुवात कागतीको रसबाट सुरु गर्नुहोस् । पेटको बोसो घटाउनका लागि यो सबभन्दा राम्रो थेरापी मानिएको छ ।

मनतातो पानीमा एक चिम्टि पहेँलो जुसमा नुन हाल्नुहोस् । यसलाई दैनिक रुपमा पिउने गर्नाले तपाईंको मेटाबोलिजमलाई तीव्र पार्दछ ।

सेतो चामलबाट टाढै बस्नुहोस् । यसको सट्टामा तपाईंले गहुँको खाद्यसामग्री बनाउन सक्नुहुनेछ । आफ्नो डाइटमा खैरो चामल, खैरो पाउरोटी संलग्न गर्नुहोस् ।

गुलियो खानेकुराबाट टाढै बस्नुहोस् । चक्लेट, गुलियो पेय पदार्थ र चिल्लो खानेकुरा नखानुहोस् । यस्ता खानेकुराहरुको प्रयोगले तपाईंको शरिरको पेट र तिघ्रामा बोसोजम्मा हुन मद्दत गर्दछ ।

यदि आफ्नो पेटको बोसो घटाउन चाहनुहुन्छ भने दैनिक रुपमा प्रशस्त पानी पिउने गर्नुहोस् । केहि समयको अन्तरालपछि पिइएको पानीले तपाईंको मेटाबोलिजमको गतिलाई तिव्र पार्दछ र शरिरको टक्सिनहरुलाई हटाउने गर्दछ ।

काँचो मूलालाई चपाउनुहोस् । प्रत्येक बिहान दुई चार वटा मूलाको चाना चपाउनुहोस् र त्यसपछि कागती पानी पिउनुहोस् ।यो पद्धतीले तपाईंको तौल घटाउने प्रक्रियालाई दोब्बर बनाइदिन्छ र राम्रो रक्तसंचारमा मद्दत गर्दछ । शाकाहारि खानेकुरामा बढि जोड दिनुहोस् । तरकारी र फलफूलमा बढि जोड दिनुहोस् ।


दैनिक बिहान र बेलुका एक कचौरा फलफूल खाने गर्नुहोस् । यसले तपाईंको शरिरमा एन्टिअक्सिडेन्ट, मिनरल र भिटामिन परिपूर्ती गरिदिन्छ ।

डा. भन्छन हृदयघातबाट बच्ने महत्वपूर्ण टिप्स आफुले पनि जानौ र अरुलाई पनि बताउ


हाम्रो नियन्त्रणमा नभएका चिजहरू जस्तै उमेर, लिंग र वंशानुगत कारणले हुने समस्यालाई रोक्न सकिँदैन । तर हाम्रो आफ्नै कारणले निम्त्याइएको जोखिम भने नियन्त्रणमा ल्याउन सकिन्छ । समस्यालाई न्युनिकरण गर्न सकिन्छ । अधिकांश हृदयाघात अस्वस्थकर खानपिन र विलासी जीवनशैलीका कारण हुने भएकाले यसलाई हामी आफैँले नियन्त्रणमा ल्याउन सक्छौँ । तर, पनि हामी समयमा ख्याल गर्दैनौँ । रोग लागेर ढलिसकेपछि नियन्त्रण गर्छु भन्दा धेरै ढिला भैसकेको हुन्छ । त्यसकारण हृदयाघातबाट जोगिन मानिसले आफ्नो दैनिकी तथा खानपिनमा नै सुधार ल्याउनु पर्छ ।

सबैभन्दा प्रमुख कुरा मानिसले आफूलाई भएका उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल, मोटोपन जस्ता कुरालाई नियन्त्रणमा राख्नुपर्छ । यसको सबैभन्दा उत्तम उपाय भनेको नै व्यायाम हो । व्यायामको एउटा बाणले हृदयाघात गराउने पाँच वटा प्रमुख कारकलाई नियन्त्रण गर्न सकिन्छ । हृदयघातबाट बच्न हामीले मुटुलाई स्वस्थ राख्ने उपायहरू जस्तै धूमपान तथा सुर्ती सेवन नगर्ने, अत्याधिक मद्यपान नगर्ने, मोटोपना घटाउने, नियमित व्यायाम गर्ने, सन्तुलित आहार खाने र मानसिक तनावबाट मुक्त हुने गर्नुपर्छ । प्रशस्तमात्रामा हरियो तरकारी र फलफूल खाने गरेमा तथा दैनिक छिटोछिटो दौडिने र व्यायाम गर्ने बानीले हृदयाघातको जोखिम कम्तीमा ८० प्रतिशत घटाउन सकिन्छ ।

समाज तथा राष्ट्रका तर्फबाट पनि नियन्त्रणका कार्य अगाडि बढाउँनु पर्छ । व्यक्तिले आफ्नो जीवनशैली तथा खानपानमा सुधार ल्याउँदा ल्याँउदै पनि अन्य सामाजिक कारणले पनि हृदयरोग निम्तन सक्छ । प्रदुषण नियन्त्रण गर्ने काम व्यक्ति एउटाको प्रयासले मात्र सम्भव हुन्न । दमले पनि हृदयाघात हुन्छ भन्ने प्रमाणित भैसकेको छ । त्यसकारण दम गराउने कारकहरू प्रदुषण, धुलो, धुँवा नियन्त्रणका लागि सरकारले प्रदुषण नियन्त्रणका कार्यक्रम ल्याउँनुपर्छ । ग्रामीण भेगमा धुँवारहित चुलोको बिस्तार गर्न सरकार तथा समुदायले पहल अगाडि बढाउँनु पर्छ । अर्को कुरा अहिले बजारमा बढ्दै गएको जंकफुड नियन्त्रणका लागि पनि सरकारले नीतिगत व्यवस्था गर्नुपर्छ । जंकफुड मुटुरोगको अर्को कारण हो । यसलाई कसरी निरुत्साहित र नियन्त्रणमा ल्याउने भन्ने कानुन बनाउन आवश्यक छ ।

पश्चिमा देशको जीवनशैली नक्कल गर्ने क्रममा अहिले युवामा हृदयाघातको जोखिम तीव्र रुपमा बढेको छ । ४० वर्षभन्दा कम उमेरका युवामा हृदयाघात भएकामध्ये ९८ प्रतिशत लामो समयदेखि धूमपानको लतमा परेको पाइन्छ । हृदयाघातको उपचारका क्रममा सबैभन्दा कम उमेर २१ वर्षकी युवतीको उपचार गरेको छु । ती युवतीलाई जीवनशैलीका कारणले भन्दा पनि मुटुको नली सुन्निने समस्याका कारण हृदयाघात भएको थियो । हृदयाघात वंशाणुगत तथा मुटुका अन्य संक्रमणका कारण पनि हुन्छ । यस्तो समस्या निराकणका लागि समय–समयमा स्वास्थ्य परीक्षण गराइरहनु पर्छ ।

हृदयाघात भैसकेपछि समयमा नै अस्पतालमा पु¥याउँन सके धेरैको ज्यान जोगाउन सकिन्छ । हृदयाघात नै भएर ढलेका बिरामीको उपचार भनेको बन्द भएको मुटुको रक्तप्रवाहलाई खुलाउनु हो । बन्द रक्तप्रवाहलाई जतिसक्दो चाँडो खुलाउन सक्यो त्यति धेरै बिरामीको बाँच्ने सम्भावना हुन्छ । बन्द भएको मुटुलाई चिकित्सकले २ तरिकाले खोल्न सक्छन् । पहिलो उपाय भनेको औषधि दिएर र दोस्रो भनेको एन्जियोप्लाष्टि गरेर हो । हृदयाघात भैसकेपछि ज्यान जोगाएका बिरामीले जीवनशैली र खानपिनको बारेमा ध्यान दिनुका साथै नियमित औषधि पनि सेवन गर्नुपर्छ । यसका साथै बिरामीले चिकित्सकको निगरानीमा पनि रहिरहनुपर्छ ।