Thursday, July 30, 2015

हेलिकोप्टर दुर्घटनामा २३ जनाको मृत्यु भएको पुष्टि

भ्यान्टियाने:  लाओसमा यहाँको एक सैनिक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा परी हराइरहेका मध्ये २३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

उक्त हेलिकोप्टर खराब मौसमका कारण हराएको बताइएको थियो । लाओसको सेनाको एम आई १७ हेलिकोप्टर गत शनिबार हराएको जानकारी दिइएको थियो ।


लाओसको उत्तरपूर्वी प्रान्त सिन्जाकुङ्तर्फ लागिरहेको सो हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हो । उक्त प्रान्तको हाउफान भन्ने स्थानमा सो हेलिकोप्टर खसेको थियो ।

लाओसको सेनाको सो हेलिकोप्टर दुर्घटना भएको स्थानमा सेना पुगेको र उद्वार गरेको थियो । उद्वारका क्रममा हराइरहेका मध्ये २३ जना अर्थात सबैको निधन भएको पुष्टि भएको हो ।

लाओसको सरकारी समाचार समिति केपिएलले दिएको समाचार अनुसार सो हेलिकोप्टर गत सोमबार दुर्घटनामा परेको हो ।  सो हेलिकोप्टरको सम्पर्क विच्छेद भएपछि त्यसमा रहेका १९ जना यात्रु र चालक दलका चारजना सदस्य हराइरहेका थिए । लाओसको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार त्यसमा रहेका सबै जनाको ज्यान गइसकेको छ ।

 ?

उक्त दुर्घटना विकट स्थानमा भएको र सोमबारदेखि लगत्तै भारी वर्षा जारी रहेकोले मौसमी कठिनाइका कारण उद्वारको काम हुन नसकिरहेको जानकारी सेनाले दिएको थियो ।
annapurnapost.com

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment