महंगो स्मार्टफोन साथमा हुँदा कतिबेला खस्ला कि कतै के होला कि भनेर डराइरहनु पर्छ । तर अव भने यसको समाधान आएको छ । संसारकै सबैभन्दा बलियो भनिएको स्मार्टफोन बजारमा आउन लागेको छ ।
कम्पनीले दावी गरे अनुसार यो फोन न त फुट्छ न त ह्याक नै हुन सक्छ । टुरिङ मोबाइल ब्राण्डले संसारकै सबैभन्दा बलियो स्मार्टफोन बजारमा लञ्च गर्न लागेको हो ।
आगामी महिना बजारमा आउने यो फोन लिक्विडमोरफियमबाट बनेको बताइएको छ । यसमा भएको बनोट स्टील र एल्युमीनियम भन्दा बढी बलियो हुन्छ ।
एप्पलले पनि आइफोनमा यो धातु प्रयोग गर्छ तर सिम राख्ने ठाउँमा मात्र । साढे ५ इन्चको स्क्रिन भएको यो स्मार्टफोनको अपरेटिङ सिष्टम एण्ड्रोइड 5.1 छ तर यूएसबी पोर्ट छैन भने म्युजिकका लागि अडियो ज्याक समेत छैन । यद्यपी ब्लुटूथले भने यसमा काम गर्छ ।
यसमा सुरक्षाका विभिन्न प्रविधी प्रयोग गरिएको छ जसले कुनै पनि हालतमा यसलाई ह्याक गर्न नसकोस ।
यो फोनमा केवल औंठाको छाप अर्थात फिङ्गर प्रिन्टमात्र पासवर्ड बन्न सक्छ ।
पानीमा पनि असर हुँदैन
रमाइलो कुरा त टुरिङको नयाँ स्मार्टफोनमा पानीले समेत असर गर्ने छैन । पानीमा डुबिहालेमा पनि बाहिर निकालेर पुछ्ना साथ फोनले सामान्य काम गर्छ । यो फोनले स्मार्टफोन को दुनियाँमा क्रान्ति गर्ने दावी कम्पनीले गरेको छ ।nepaliheadlines.com
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment