महानगरीय प्रहरी वृत्त ठिमीले श्रीमती मारेर हनुमन्ते खोलामा फाल्ने पति र हत्यामा सघाउने उनकी भाउजूलाई पक्राउ गरेको छ।प्रहरीले सिराहा भदैया ६ माइतीघर भएका वर्ष ३० की साहजादी खातुनलाई मारेर भक्तपुरको हनुमन्ते खोलामा फाल्ने सिराहा मनहर गोलबजार ६ बस्ने वर्ष १९ की जाविर अन्सारी र हत्यामा सहभागी अन्सारीकी भाउजू मनिका चौधरी अन्सारीलाई शुक्रबार राती काठमाडौंको कालोपुलबाट पक्राउ गरेको हो।
वृत्तका प्रहरी नायब प्रहरी उपरीक्षक भीमकिरण बोगटीका अनुसार शुक्रबार साँझ भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका ५ स्थित हनुमन्ते खोलामा खातुनको शव फेला परेको थियो।शरीरको पछाडिपट्टि घाउ र चोटपटक लागेको खातुनको सव भेटिएपछि खोजतलास गर्दै जाँदा उनकै श्रीमान् जाविर फरार रहेको पाइएको र त्यसपछि प्रहरीले खोजतलास गरी पक्राउ गरेको नायब प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए।
उनीहरु भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका ५ बालकोटमा कोठा लिएर बस्दै आएका थिए । खातुन भने मध्यपुर थिमीस्थित राजन ढुंगानाको ब्याग पसलमा काम गर्थिन् ।श्रीमान र श्रीमतीको उमेर धेरै फरक भएकाले उनीहरुबीच बेला बेलामा झैझगडा हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । साथै खातुनको यसअघि नै अन्य केटासँग विवाह भइसकेको हुँदा दुईजनाबीचको सम्बन्ध राम्रो थिएन । दुई वर्षअघि विवाह गरेका खातुन र अन्सारीबीच हुने झगडा प्रहरीसम्म पनि पुगेको थियो ।
घटना भएको दिन बिहीबार पनि श्रीमानश्रीमतीबीच झगडा भएको थियो । झगडाले उग्र रुप लिएपछि दुईजना बालकोटस्थित महानगरीय प्रहरी प्रभाग पुगेका थिए । प्रभागमा दुवैजनाले अब पुनः झगडा नगर्ने वाचा गरेपछि राती साढे नौ बजे श्रीमानश्रीमती कोठातर्फ लागेका थिए ।तर बाटोमा पुनः झगडा भएपछि अन्सारीले श्रीमतीलाई कुटीकुटी मारेर हनुमन्ते खोलामा फालेको प्रहरी अनुसन्धानबाट देखिएको छ।
‘प्रहरीकहाँ मिलेका दुई जना कोठातर्फ फर्कने बेला फेरि झगडा हुँदा अन्सारीले कुटपिट गर्दा मरेकी श्रीमतीलाई हनुमन्ते खोलामा फालेको स्वीकार गरेका छन्’, नायब प्रहरी उपरीक्षक वोगटीले भने, ‘श्रीमतीलाई मारेपछि फाल्नलाई अन्सारीले आफ्नी भाउजूलाई बोलाएका थिए र भाउजूले पनि देवरानीको लास खोलामा फाल्न सघाएर दुवै भागेका थिए ।’
वृत्तले प्रहरीको अपराध महाशाखाको सहयोगमा शुक्रबार राती हत्यामा संलग्न अन्सारी र उनकी भाउजू मनिकालाई काठमाडौं कालोपुलबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीले हत्यामा संलग्न अन्सारी र मतियार बनेकी मनिका दुवैलाई कर्तव्य ज्यान मुद्दा चलाउँदै थप अनुसन्धान अघि बढाएको छ ।
annapurnapost.com
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment