Thursday, July 16, 2015

बर्दियाका गाँउ डुवानमा, पहिरोले बाटो अवरुद्ध

३१ असार, बर्दिया

गएरातीदेखि परेको अविरल वर्षाले बर्दियाका धेरैजसो गाउँ डुवानमा परेका छन् । बर्दियाको नेउलापुर, सुर्यपटुवा, मगरागाडी, गोला, धधवार, बनियाभार लगायतका गाविस डुवानमा परका हुन् ।

उता बासगढी नगरपालिकाको ककौराका एकसयभन्दा बढी घर डुबानमा परेका छन् ।



डुवानमा परेकाहरुको उद्धार गर्न बिहानैदेखि सेना प्रहरी परिचालन गरिएको छ । डुबानमा परेको मगरागाडी गाविस जयनगरबाट २३ घर परिवारलाई उद्दार गरिएको छ ।

)उद्दारका लागि सशस्त्र प्रहरीको २५ र नेपाल प्रहरीको २५ जना तालिम प्राप्त पौडीबाज टोलीलाई परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


यसैगरी गएरातीको लागातारको वर्षाले पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको परुवा खोलाको डाईभर्सन भत्किएपछि राजमार्ग अवरुद्ध भएको छ । बाटो अवरुद्ध हुँदा गाडीहरु बाटोमा नै रोकिएका छन् ।

त्यस्तै सिन्धुपाल्चोक, खाडीचौर तातोपानी सडकखण्डमा पनि पहिरोले बाटो अवरुद्ध भएको छ । उता स्याङ्जामा पनि पहिरोले बाटो अवरुद्ध भएको छ । त्यस्तै मकवानपुर, कुलेखानी सिस्नेरी सडकखण्ड अन्तरगत सिस्नेरी ३ भाल्टारमा पनि पहिरो गएको छ । पहिरोले अवरुद्ध बाटो खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ ।nepaliheadlines.com

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment