गत वैशाख १२ गतेको विनाशकारी ‘गोरखा’ भूकम्पपछि बुधबार दार्चुला केन्द्रविन्दु भएर नयाँ भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दार्चुला केन्द्र विन्दु भएर बुधबार विहानै नयाँ भूकम्प गएको हो ।
यूटीसी टाईम अनुसार २ बजेर २९ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको धक्का ४ दशमलब १ रेक्टर स्केलको हो । दार्चुलाबाट पत्रकार नरेन्द्र कार्कीले जनाएअनुसार भूकम्पको धक्काले पुरै जिल्ला नै हल्लाएको थियो ।
पहाडी क्षेत्र भएकाले भूकम्पको धक्का अधिक कडा महसुस गरिएको केन्द्रले जनाएको छ । यसअघि सुदूरपश्चिमको बाजुरामा पनि नयाँ भूकम्पको धक्का महसुस गरिएको थियो ।
dainiknepal.com
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment