Friday, July 17, 2015

साउन ३-५ गते सावजनिक हुने ......

काठमाडौँ , १ श्रावण । संविधानको मस्यौदामा जनताको सुझाव र राय संकलनका लागि सरकारले साउन ४ र ५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले साउन ४ र ५ गते अति आवश्यक सरकारी अड्डाबाहेका कार्यलयमा सार्वजनिक विदा दिने निर्णय गरेको हो। संविधानको मस्यौदामा आम जनताबाट सुझाव लिने काममा सहयोग पुगोस् भनेर सरकारले यस्तो निर्णय गरेको हो।त्यस्तै सरकारले मुस्लिमहरूको चाड इदका अवसरमा साउन ३ गते पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment