Thursday, July 30, 2015

डन महर्जनद्धारा दुगडका कर्मचारीमाथि आक्रमण

काठमाडौं, १४ साउन । राजनीतिक आवरणमा एक दशकदेखि गुण्डागर्दीमा सक्रिय ललितपुरका गुण्डा नाइके मिनकृष्ण महर्जनले दुगड ग्रुपले सञ्चालन गरेको चुनढुंगा खानीमा गुण्डागर्दी गरी खानीका कर्मचारीमाथि आक्रमण गरेका छन् ।

ललितपुरको लेलेमा सञ्चालित उक्त खानीमा महर्जनको समूहले गत साउन २ गते बिहान दुगडका कर्मचारी श्याम गुप्ता र हरी उप्रेतीमाथि हातपात गर्दै आक्रमण गरेको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।

उक्त खानी युनाइटेड सिमेन्टका सञ्चालक कृष्णलाल दुगड समूहले सञ्चालन गर्दै आएको छ ।

स्थानिय व्यापारीका गाडीलाई दुगड समूहले ढुंगा ओसार्न दिएको भन्दै महर्जनको समूहले गाली गलौंज गरी कुटपिट गरेको एक स्थानिय व्यापारीले नाम उल्लेख नगर्ने सर्तमा युनाईटेड पोष्टलाई बताए ।

महर्जन समूहले खानीमा ढुंगा लिन गएका स्थानिय व्यापारीको समूहलाई समेत तत्काल गाडी फर्काउन निर्देशन दिएका थिए । खानीमा महर्जन समूहको आधा दर्जन टिपर सञ्चालित छ ।

महर्जन समूहको दादागिरी पछि दुगडका कर्मचारीसमेत सुरक्षित नभएको महशुस गर्दै काम छाड्ने मनस्थितिमा पुगेको स्रोतले जनायो । तर महर्जन समूहको डरका कारण दुगड अहिलेसम्म प्रहरीसम्म उजुरी नगरेपनि प्रहरीले भने गोप्य रुपमा घटनाबारे नियालीरहेको छ ।

महर्जनको हरेक आपराधिक गतिबिधीमाथि निगरानी बढाएको महानगरिय प्रहरी अपराध महाशाखाले कुनै पनि दिन महर्जनलाई पक्राउ गरी अनुसन्धान गर्न सक्ने प्रहरी स्रोतको भनाई छ ।

महाशाखका एक अधिकारी भन्छन्–‘राजनीतिक आबरणमा गरेको कुनैपनि अपराध लुक्दैन, यस्ता आपराधिक समूह चााडै कानूनको दायरमा आउाछन् ।’

गुण्डा नाइके दिनेश अधिकारी चरी प्रहरी इन्काउन्टरमा मारिनु र अर्का डन रमेश बाहुन भनिने सुजन पौंडेल जेल चलान भएपछि महर्जनले ललितपुर क्षेत्रमा एकलौंटी रुपमा राज चलाउादै आएका छन् ।

बाहुन जेल चलान हुनु अघि यि सबै क्षेत्रमा बाहुनले नै भागबण्डा गर्दै आएका थिए ।

भागबण्डाको कुरा नमिल्दा बाहुन र महर्जन समूहबीच गोली हानाहान समेत भएको प्रहरी अनुसन्धानबाट खुलिसकेको छ । ठेक्काको कमिशन बिबादमा महर्जन समूहले एकलौंटी गरेपछि बाहुनको समूहले महर्जनलाई गोली प्रहार गरेको थियो ।

बाहुनले गोली प्रहार गर्ने सक्ने सूचना पाएपछि चनाखो भएका महर्जन स्वमले पेस्तोल बोकेर हिड्न थालेका थिए । बाहुनले महर्जनलाई गोली प्रहार गर्नु अघि नै महर्जन समूहले बाहुनमाथि गोली प्रहार गरेको प्रहरी अनुसन्धानले देखाएको थियो ।

एसएसपी पुष्कर कार्कीले बाहुनको तिघ्रामा गोलीको घाउ देखेपछि अनुसन्धान गर्दा मिनकृष्ण समूहले गोली प्रहार गरेको हुनसक्ने त्यतिखेर आशंका गरेका थिए ।

तर बाहुन ठूलो अभियुक्त भएका कारण बाहुनमाथिको गोली काण्ड छायाामा परेको थियो ।

ललितपुरमा गुण्डागर्दीमा सक्रिय रहेका महर्जनले केही कथित ठेकदारको मिलोमतोमा टेण्डरसमेत कब्जा गर्दै आएका छन् ।

ढुंगाखानी र क्रसर उद्योगले मासिक रकम नदिएको खण्डमा स्थानिय उचालेर क्रसर र खानी बन्द गराउने धन्दामा समेत महर्जन सक्रिय रहेको स्थानीय एक व्यवसायिले बताए ।


भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment