पाकिस्तानले आफनो भूमिमा जासुस गर्न पसेको मानवरहित 'ड्रोन जहाज' लार्इ बुधबार गोली हानेर खसालिदिएको समाचार सार्वजनिक गरेको हो ।
कश्मिरको पाकिस्तान नियन्त्रणमा क्षेत्रमा पसेको सो मानवरहित जहाजलार्इ पाकिस्तानी अधिकृत कश्मीर (पीओके) मा खसालिएको हो । जहाज खसालिएको घटनाको भारतले भने खण्डन गरेको छ । उसले यो घटनालार्इ झुटो भनेको छ ।
पाकिस्तानी जासुसी संस्था आईएसआईले बुधबारै प्रेस वक्तब्य निकालेर यस कुराको पुष्टि गरेको छ । 'पीओकेको भिमबेरमा पसेको भारतीय ड्रोनलार्इ सेनाले खसालिदिएको छ', आर्इएसआर्इले भनेको छ, 'यो ड्रोन वायुसीमाको उलंघन गर्दै पाकिस्तान पसेको थियो ।
पाकिस्तानी पत्रिका डनको रिपोर्टअनुसार यो मामिलामा पाकिस्तानी सेनाले भारतले आफ्नो भूमिमा ड्रोन पठाएर गोप्य जानकारी हाँसिल गर्न खोजेको पाइएपछि जहाज खसाल्न बाध्य भएको जनाएको छ ।
ड्रोनमा लगाइएको स्पाई क्यामेराको सहयोगमा भारतले पाकिस्तानबाट सूचना चर्न खोजेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।
www.annapurnapost.com
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment