Sunday, August 2, 2015

प्रेममा धोका खाँदा किन पागल हुन्छ मानिस ?

बोनिस कोईराला

के तपाईँले प्रेममा धोका पाउनुभएको छ? छ भने यो दुखःको पिडा कति हुन्छ भनेर तपाईँलाई राम्ररी थाहा होला। यस्तो बेलामा मुटु दुख्या जस्तो हुनु र पागल जस्तो व्यवहार गर्नु सामान्य हो।

यो दुखःले तपाईँलाई केहि क्षणमा नै आफ्नो धोकेबाज प्रियलाई सयवटा मेसेज पठाउने जाँगर दिन्छ।  कसैलाई रक्सीको लत लाग्छ भने कसैले आफ्नो दैनिक क्रियाकलापमा राम्ररी ध्यान दिन सक्दैनन्। किनभने यस्तो क्षणमा आफ्नो सबैभन्दा प्रिय मानिस नहुँदा कसैको अथवा केहि कुराको वास्ता हुँदैन।

यस्तो व्यवहार मानिसमा उत्पन्न हुनु कुनै असामान्य कुरा हैन। विज्ञानको हिसाबले पनि यस्तो क्षणमा मानिसमा  हुने  व्यवहारको कारण छ। यस्तो व्यवहारसँग मानिसको शरिरमा हुने हर्मोनहरुको पनि मुख्य भुमिका छ। आश्चर्यको कुरा के हो भन्दा यिी हर्मोनहरु तिनै हुन् जस्ले प्रेम परेको बेला मानिसलाई खुसि  महसुस गराउछ।

कसरी प्रेम बिछोडले मानिसको शरिरको हर्मोन सन्तुलनमा फरक ल्याउछ त? भर्खरै बिछोड भएकाहरुको दिमागी भागमा हुने गतिविधी समान्य हुदैनन् भन्ने कुरा एमआरआई स्क्यानहरुबाट थाहा पाउन सकिन्छ। यसले गर्दा मानिसले शारिरिक दुखाई पनि महसुस हुन्छ। यस्तो बेलामा शरिरले स्ट्रेश र अड्रनलिन हर्मोनहरु सक्रिय गर्छ जसले साँस फेर्न गाह्रो हुने, वाकवाकी लाग्ने र मुटुको क्षेत्रको मांसपेशीहरु कमजोर हुने गर्छ। यसतो अवस्थालाई चिकित्सकहरुले ताकोत्सुबो कार्डियोमायोप्याथि नाम दिएका छन् र यो अवस्था कहिलेकाहि खतराजनक पनि हुन सक्छ

यो बेलामा यि हर्मोनहरु मात्र सक्रिय हुदैनन्। २०१०मा गरिएको एक अनुसन्धानमा भर्खरै बिछोड भएका १० महिला र ५ परुषहरुको एमआरआई स्क्यान गरिएको थियो। यि मानिसहरु भर्खरै बछोड भएपनि आफ्नो प्रेमि वा प्रेमिकासँग अझै माया गरिरहेका थिए। यो अनुसन्धानको निश्कर्ष आश्चर्यजनक थियो। यि मानिसहरुको दिमागी गतिविधि कुनै लागूपदार्थको सेवन गर्ने मानिससँग धेरै मिल्दोजुल्दो थियो। यसैकारण भनिएको होला कसैको प्रेममा फस्नु लागूपदार्थको नसामा धुत हुनु जस्तो हुन्छ।

कसैलाई प्रेम गरेको बेला दिमागको ‘रिवार्ड न्युरोन’हरु सक्रिय हुन्छन् जस्ले शरिरमा डोपामाइन हर्मोनहरु सक्रिय गर्छ। डोपामाइनले दिमागलाई चाहिएको भन्दा बढि खोज्ने उत्सुकता दिन्छ जसले गर्दा तपाईँ पुरै दिन आफ्नो प्रेमिसँग समय बिताएपनि छुट्ने बेलामा साथ छोड्न मान्नुहुन्न। प्रेम सम्बन्धमा रहेको बेला दिमागको ढाँचा अझ स्थिर हुन्छ र आफ्नो प्रेमि सँगै भएको बेला डोपामाइन निरन्तर सक्रिय भइरहेको हुन्छ।

यसकारण अचानक प्रेमिले धोका दिएपछि डोपामाइनको मात्रा अत्याधिक हुन जान्छ जसले दिमागी सन्तुलन खलबलाउछ। ‘रिवार्ड न्युरोन’को यो प्रणाली दिमागको मुख्य भागहरुमध्ये रहेकोले यसले हाम्रो शरिरमा भोक, प्यास जसतो चेतनहरु पनि जगाँउछ। यसकारण धोका पाएका व्यक्तिहरुमा असामान्य व्यवहार उत्पन्न हुन्छ।

तर चिन्ता नगर्नुहोस, यसतो व्यवहार केहि पलको लागि मात्र रहन्छ। समयसँग दिमागले आफ्नो गतिविधिहरु आफै मिलाउछ। एक अनुसन्धान अनुसार मानिसको दिमागी सन्तुलन सामान्य हुन अथवा बिछोडको पिडा हटाएर अगाडि हेर्न मानिसलाई औसत ३ महिना जति लाग्छ। मानिसको दिमाग स्वाभाविक रुपले अगाडिको सोच्ने प्रवृत्तिको हुन्छ। बिछोडले परेको शारिरिक दर्दबाट छुट्कारा पाउन प्यारासिटामोल लिँदा हुन्छ। तर सबै दुखः भुलाउन आफ्नो मनको कुराहरु मिल्ने साथीहरुलाई भन्नु सबैभन्दा उपयुक्त हुन्छ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment