Monday, August 3, 2015

ढाड दुख्ने समस्या बाट छुट्कारा पाउनका लागि यसो गर्नुहोस.........

ढाड दुख्ने मानिसलाई ‘न उठे सुख न बसे सुख’ भन्ने उखानै छ । ढाड दुख्यो भने जसो गर्दा पनि आराम हुँदैन ।सुविधाको खोजीमा हिजोआज हामीमध्ये अधिकांशले लगभग हिँड्न छोडिसकेका छौं । सहरतिर मात्र नभएर ग्रामिण क्षेत्रमा पनि एकै ठाउँमा बसेर लामो समय टीभी हेर्ने, कम्प्युटर चलाउने, ल्यापटपमा बस्ने, मोबाइल खेलाउने प्रचलन बढ्दो छ । लामो समयसम्म एकै ठाउँमा बसिरहँदा ढाडमा भार पर्छ । हलचल नगरेर बस्दा ढाडका मांसपेशीमा रक्त सञ्चालन र अक्सिजन पनि कम हुन्छ र ढाड दुख्ने समस्या देखा पर्छ। ढाड दुख्ने कारण धेरै हुनसक्छन् ।

 हामीले यहाँ ठाड दुखाइबाट मुक्ति पाउन अपनाउनुपर्ने केही उपायहरु उल्लेख गरेका छौ :-
* नियमित व्यायाम गर्नु ढाड दुखाइबाट मुक्ति पाउने मुख्य उपाय हो । युनिभर्सिटी अफ पिट्र्सबर्गका शोधकर्ताहरुका अनुसार ढाड दुखाइबाट पीडित मानिसहरु जो शारीरिक व्यायाम गर्दैनन् उनीहरु कहिल्यैपनि ढाड दुखाइबाट मुक्ति पाउन सक्दैनन् । ढाड दुख्ने मानिसहरुले ढाडमा बढि कसरत हुने खालका शारीरिक व्यायाम गर्नुपर्छ । यस्त्रा स्ट्रेचिङ व्यायाम गर्दाको समयमा दुखाई बढि हुने भएपछि पछि यसले फाइदा पूराउँछ ।

* मनमा भएको कुनै पनि प्रकारको रिस, तनावआदिलाई निकाल्ने हो भने पनि ढाड दुख्ने समस्याबाट मुक्ति पाउन सकिन्छ । डच्युक मेडिकल सेन्टरमा गरिएको अनुसन्धानमा यो निष्कर्ष निकालिएको हो । अनुसन्धानकर्ता जेम्स डब्लु कार्सनका अनुसार व्यक्तिको भावनात्मक स्तर तथा विचारको मांसपेशीमा हुने पीडाबीच सिधा सम्बन्ध हुन्छ ।

* लामो समयसम्म कुर्सीमा नबस्नुस् । लामो समयसम्म कुर्सीमा बस्नुपर्ने खालका जागिर गर्ने मान्छेमा ढाड दुख्ने समस्या बढि हुन्छ । लामो समयसम्म कुर्सीमा बस्दा ढाड दुख्ने समस्या मात्र होइन पेटको क्यान्सर जस्ता स्वास्थ्य समस्या देखापर्ने र मानिसको आयु पनि घट्ने एक अध्ययनले देखाएको छ ।

* पेनकिलर बाट बच्नुहोस् । ढाड दुख्यो भनेर दुखाइ कम गर्ने औषधि अर्थात् पेनकिलर नखानुस् । अमेरिकाको न्यू मेडिकल स्कुलका शोधकर्ताहरुका अनुसार ढाड दुख्ने मानिसहरुले दुखाइ कम गर्न पेन किलर खाँदा त्यसले झन् बढि नकारात्मक असर पूराउँछ र भविष्यमा दुखाइको मात्रा झनै बढ्छ । त्यसैले ढाड दुखेमा गरम पट्टी बाध्नु उपयुक्त हुन्छ । गरम पट्टी ढाडमा बाँध्दा दुखाइ २५ प्रतिशतले कम हुने पाइएको छ । यसले रक्तसंचार नियमित गर्नुका साथै तन्तुमा लचिलोपना पनि ल्याउँछ ।
जनचेतनाका लागि साभार गरिएको ।
www.etajakhabar.com

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment