Tuesday, August 4, 2015

सुटकेसभित्र निसासिएर मृत्यु

बार्सिलोना: अवैध रूपमा युरोप छिर्दै गरेका मोरक्कोका एक व्यक्तिको सुटकेसमा निसासिएर मृत्यु भएको छ।

उनी मोरक्कोबाट स्पेन जाने व्यक्तिको सुटकेसमा थुनिएर मरेका हुन्। उनका दाजुले आफ्नो सुटकेसमा थुनेर भाइलाई युरोप छिराउन खोजेका थिए।


स्पेनी अधिकारीले कारभित्र थुनिएर मरेको अवस्थामा उनी मृत अवस्थामा फेला परेको जानकारी दिएका छन्।२७ वर्षीय मोरक्कोका ती नागरिक आफ्नो देशबाट डुंगा प्रयोग गरी स्पेन आइपुगेका थिए।

उनी बन्दरगाहबाट स्पेनको सहर अल्मेरिया जाँदै थिए। दाजुको भने फ्रान्सेली राहदानी रहेको छ। उनलाई अवैध रूपमा मानिसको ओसारपसार र मानव हत्याको अभियोग लगाइएको छ।


यसैगरी स्पेनमा प्रवेश गर्न खोज्ने थप चारजना व्यक्तिको मृत्यु भएको थियो। उनीहरू बन्दरगाहनजिकै डुबेर मरेका थिए।

अफ्रिकी महादेशका बासिन्दाहरू मोरक्कोबाट पौडेर स्पेन छिर्न प्रयास गर्ने गरेका छन्। अवैध रूपमा युरोप छिर्न खोजेका तीनजना व्यक्तिलाई आइतबार उद्धार गरेको मोरक्कोको आन्तरिक विदेश मन्त्रालयले जानकारी दिएको छ।

मे महिनामा आइभरी कोस्टबाट स्पेनी अध्यागमन अधिकारीले सिउतामा एक आठ वर्षीय बालकलाई पनि सुटकेसमा थुनिएको अवस्थामा पक्राउ गरेका थिए।

अधिकारीले ती बालकलाई उनकी आमालाई भेटेर जिम्मा लगाएका थिए। बालककी आमा स्पेनमा कानुनी रूपमा बस्दै आएकी थिइन्। स्पेनले ती बालकलाई स्थायी बसोवासको अनुमति दिएको थियो।

मानव अधिकारवादी संस्थाले मोरक्कोबाट अवैध रूपमा स्पेन छिर्नेको सन् २०१४ मा दुई हजार आठ सय चार र सन् २०१३ मा चार हजार तीन सय रहेको बताएको छ। गत फेब्रुअरीमा गैरकानुनी रूपमा युरोप आउँदै गरेका सयौं अफ्रिकीको डुंगा डुब्दा मृत्यु भएको थियो। भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment