Monday, August 3, 2015

तान्त्रिकको आदेशमा चार बालिकाको बलात्कारपछि हत्या

एजेन्सी : भारतको उत्तर उत्तर प्रदेशस्थित मथुरामा एक व्यक्तिले  आाफ्नी 'पागल' पत्नीलार्इ ठीक बनाउने नाममा बलात्कार गरी चार बालिकाको हत्या गरिदिएका छन् ।

आइतबार पक्राउ परेका ती सोनु नामका ती आरोपीले मानसिक विरामी भएकी पत्नी निको हुने कुरा तान्त्रिकले बताएपछि चार बालिकालार्इ बलात्कार गरी हत्या गरेको प्रहरीसमक्ष स्विकारेका छन् ।

ती व्यक्तिले विरामी पत्नीलार्इ सन्चो बनाउन एक तान्त्रिकको सहयोग लिएको बयान दिएका छन् । तान्त्रिककै सल्लाह अनुसार आफूले ती बालिकालार्इ बलात्कार गरी हत्या गरेको बयान उनले दिएका हुन् ।

आरोपी सोनु हालै मथुरामा भएको १२ वर्षीया बालिकाको बलात्कारपछि हत्याको मामिलाका मूख्या  आरोपी लालुआ वाल्मिकीका साथी हुन्।

घटनापछि लालुआ वाल्मिकीलार्इ गत बिहीबार भीडले कुटीकुटी हत्या गरेको थियो । उनीसँगै कुटाइ खाएका सोनु भने गम्भीर घाइते भएका थिए।

आगराको एसएन मेडिकल कलेज उनको उपचार भइरहेको छ ।  प्रहरीले भने तान्त्रिकले भनेकै  आधारमा चार बालिकाको बलात्कार नभएको दाबी गरेको छ ।

पाँच वर्षअघि पहिलो बलात्कार
सोनुले पुलिसलार्इ बताए अनुसार सन् २०१० मा उनले पहिलो हत्या गरेका थिए । एक १४ वर्षीया बिहेको निम्ता मान्न साथीको गाउँ गएका बेला त्यहीँबाट उनलार्इ उठाएर सोनुले बलात्कार गरी हत्या गरेका थिए ।

त्यसको केही दिनपछि उनले फेरि चार वर्षीया बालिकालार्इ बलात्कार गरी हत्या गरे । त्यसको करिब एक वर्षपछि उनले गाउँकै ९ वर्षीया बालिकालार्इ शिकार बनाए ।

त्यसपछि उनले आफ्ना साथी वाल्मिकीसँग मिलेर १२ वर्षीया बालिकाको बलात्कार  गरी हत्या गरे ।  घटना थाहा भएपछि प्रहरीले दुबैलार्इ पक्रेर थानामा ल्यायो ।

बिहीबार आक्रोशित भीड थानामै पसेर हिरासतबाट दुबैलार्इ निकाले । त्यसपछि गाउँलेले दुबैलार्इ जमेर धुलाइ गरे । कुटाइकै कारण लालुआको घटनास्थलमै ज्यान गयो । सोनु भने गम्भीर घाइते भए ।

पुलिसद्वारा इन्कार
मथुरा पुलिसका सिओ आरके गौतमले भने तान्त्रिकले अह्राएर बलात्कार गरी सोनुले बालिकाको हत्या नगरेको दाबी गरे । छानिबनका क्रममा पनि त्यस्तो कुनै तथ्य नभेटिएको उनको दाबी थियो । कुटाइबाट मरानासन्न भएका  सोनुको मथुराकै एसएन मेडिकल कलेजमा  उचार भइरहेको छ । www.annapurnapost.comf

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment