Monday, August 3, 2015

छोरो रोगी हुँदा आमा पोइला गएपछि…!

गोरखाबजार १८ साउन । गोरखाको थालाजुङ गाविस–३ मुगेका रामचन्द्र अधिकारी १४ वर्षदेखि एकै थलोमा हुनुहुन्छ । शारीरिक अपाङ्गताका कारणले गर्दा उहाँ हिँड्डुल गर्न सक्नु हुँदैन । उहाँलाई घरभित्र गुन्द्रीमा सुताएर परिवारका सदस्य काममा जान्छन् ।
‘बर्खाका बेला, कामको चापाचाप छ’ रामचन्द्रको ठूलीआमा सुमित्रा अधिकारीले भन्नुभयो, “दिनभर छोरालाई रेखदेख गर्ने कोही छैनन् । रोपाइँका बेला खेतमा जानुप¥यो । अधिकारी परिवारले गाउँका साहुको खेत अधियाँ कमाएका छन् । मानो खाएर मुरी उब्जाउने बेला भएकाले रामचन्द्रको हेरचाह गर्न परिवारका सदस्यले सकेका छैनन् ।”
ओल्टेकोल्टे फर्कन सक्ने रामचन्द्र हातगोडा लुलो हुँदा उठ्न सक्नु हुँदैन । “अपाङ्गता भएको छोरो छाडेर आमा अन्यत्रै पोइला गई”, सुमित्राले भन्नुभयो, “हामीले छोरालाई हुर्काएका हौं ।” रामचन्द्रको बाबुको चार वर्षअधि घरको बार्दलीबाट आँगनमा खस्दा मृत्यु भएको थियो । त्यसलगत्तै रामचन्द्रकी आमाले अर्को बिहे गरेको सुमित्राको भनाइ छ ।
“अपाङ्गता भएवापत एक हजार रुपैयाँ भत्ता त आउँछ तर त्यसले के ख्वाउने ? के लगाउन दिने ?”, सुमित्राले भन्नुभयो । आर्थिक अभावले गर्दा रामचन्द्रको उपचारमा समस्या भएको सुमित्राले बताउनुभयो । “मानिस छोरो हेर्न आउँछन् । सहयोग गर्ने आश्वासन दिन्छन्, फर्कन्छन्”, उहाँले भन्नुभयो, “छोराको रोग निको पार्ने भगवान् खोज्दैछौँ ।” सुमित्राको सासू, ससुरा वृद्धवृद्धा भएकाले उनीहरुके पनि लालनपालन गर्ने जिम्मा उहाँमाथि नै छ ।
“सास रहुन्जेल आश हुन्छ हजुर” ७२ वर्षीया बसुन्धराले रुँदै भन्नुभयो, “अपाङ्ग नातिलाई छाडेर आमा पोइल हिँडी । हामी पिँढी छाड्न नसक्ने भयाँै । नातिलाई कसरी निको बनाउने ?”
हालै गएको भूकम्पमा घरभित्रै च्यपिएका रामचन्द्रलाई परिवारका सदस्यले तीन घन्टापछि मात्रै उद्धार गरेका थिए । भूकम्पपछि घरको गाह्रो भत्केर झरेको ढुङ्गाले रामचन्द्रको शरीरमा चोट लागेको थियो । भूकम्पले वसुन्धराको एकतल्ले घर बस्नै नहुने गरी चर्किएको छ । रासस
dainiknepal.com

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment