Monday, February 22, 2016

चीनले अमेरिकालाई दियो यस्तो चेतावनी

बेइजिङ- चीनले संयुक्त राज्य अमेरिकालाई ‘ताइवान स्वतन्त्रता पक्षधर’ शक्तिहरुलाई गलत समाचार सम्प्रेषण नगर्न सोमबार आग्रह गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुन्नाइङले के चिनियाँ विदेशमन्त्री वाङ यीको अमेरिका भ्रमणमा अमेरिकी पक्षलाई ‘स्वतन्त्र ताइवान’ का विषयमा वासिङटनको धारणालाई पुनःविचार गर्न अनुरोध गरिनेछ भन्ने प्रश्नको जवाफमा प्रवक्ता हुवाले स्वतन्त्र ताइवानबारे भ्रामक सन्देश नपठाउन अनुरोध गर्ने बताए ।
अमेरिकी विदेशमन्त्री जोन केरीको निमन्त्रणामा चिनियाँ विदेशमन्त्री वाङले तीनदिने (मङ्गलबारदेखि बिहीबारसम्म) औपचारिक भ्रमण गर्ने भएका छन् । प्रवक्ता हुवाले ताइवान विषयमा चीन अमेरिका सम्बन्धमा एकदमै महत्वपूर्ण तर संवेदनशील विषय भएको बताए ।
उनले अमेरिकालाई ‘एक चीन नीति’ लाई समर्थन गर्दै चीन अमेरिका संयुक्त सम्झौतालाई समर्थन गर्न र स्वतन्त्र ताइवानको विपक्षमा उभिन आग्रह गरे ।
अमेरिकाले ताइवान क्षेत्रमा शान्तिपूर्ण विकासका पक्षमा ठोस निर्णय लिई अमेरिका चीन सम्बन्धलाई थप मजबुत पार्नुपर्ने प्रवक्ता हुवाले बताए ।
रासस/सिन्ह्वा
kathmandutoday

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment