Tuesday, February 23, 2016

‘भारतको दबाब वा निर्देशनमा राष्ट्रको स्वतन्त्रता बन्धकी राखिदैन’

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी ओलीले संविधानसभाबाट घोषणा भएको नयाँ संविधान र संविधानको पहिलो संशोधनपछि मधेसकेन्द्रित दलले उठाएका मुद्दा सम्बोधन भएको भनेर नयाँ दिल्लीमा दिएको प्रष्टीकरणलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खण्डन गरेको सत्ता गठबन्धनका मूख्य सहयोगी एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।
प्रधानमन्त्री ओली नयाँदिल्लीबाट काठमाडौ नफर्कदै प्रचण्डले भारतको दबाब वा निर्देशनमा राष्ट्रको स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौमसत्तालाई बन्धकी राख्न नसकिने पनि बताए ।
प्रचण्डले ओली स्वदेश फर्किएपछि भारत भ्रमणमा भएका अन्तरंग कुराकानीबारे छलफल गर्ने जानकारी आफ्नो पार्टीको स्थायी समितिका सदस्यहरुलाई दिएका छन् ।
सत्ता गठबन्धनमा रहेका दल सम्मिलित उच्चस्तरीय राजनीतिक समितिका संयोजक समेत रहेका प्रचण्डले भारतबाट आपूर्ति व्यवस्था सहज भइसकेको भन्ने प्रधानमन्त्री ओलीको दाबीलाई अस्विकार गरे । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
 dainiknepal

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment