Monday, February 22, 2016

निगमको मासिक नाफा करिब ४२ करोड इन्धनको मुल्य गिरावट नहुने

फाल्गुन १०, २०७२- नेपाल आयल निगमको मासिक नाफा करिब ४२ करोड रुपैया पुगेको छ । अन्र्तराष्ट्रिय बजारमा इन्धनको मुल्य घटेपछि निगमको नाफा बढेको हो । अन्र्तराष्ट्रिय बजारमा प्रति व्यारेल तेलको मुल्य करिब ३० डलर छ । निगमको तथ्याङक अनुसार फ्रेबरी महिनामा नाफा ४१ करोड ८७ लाख रुपैया हुने जनाएको छ । ‘अन्र्तराष्ट्रिय बजारमा मुल्य घटेकाले त्यसको प्रभाव नेपाली बजारमा परेको हो,’ निगमका निर्देशक मुुकुन्द घिमिरेले भने ।

असोज १३ गतेबाट पेट्रोलियममा स्वचालित मुल्य प्रणाली लागु भएपछि निगम नाफामा छ । स्वचालित मुल्यपछि अन्तराष्ट्रिय बजारमा इन्धनको मुल्यमा आएको गिरावटले निगमको नाफा बढाइदिएको हो ।

निगमको तथ्याङक अनुसार खाना पकाउने एलपी ग्यास बाहेक सबैमा नाफा छ । तर, हवाई इन्धन बाहेक निगमले अन्यमा मुल्य समायोजन गरेको छैन ।

कच्चा तेलको मुल्यमा भारी गिरावट आएपछि ४ दिन अघि हवाई इन्धनको मुल्य समायोजन गरेको थियो ।

निगमले हवाई इन्धन(आन्तरिक उडान) तर्फ प्रतिलिटर ५५ रुपैया र हवाई इन्धन(अन्र्तराष्ट्रिय उडान)तर्फ प्रतिकिलो लिटर ५ सय ४९ डलर घटाएको थियो । नया मुल्य लागु भएपछि प्रति लिटर हवाई इन्धन(आन्तरिक उडान)को मुल्य १ सय ९ रुपैया र अन्र्तराष्ट्रिय उडानको प्रतिकिलो लिटर ९ सय ८१ डलर छ । मुल्य समायोजन गरिएपनि हवाई इन्धन आन्तरिक तर्फ १६ रुपैया ८६ पैसा, अन्र्तराष्ट्रिय तर्फ २९ रुपैया ४६ पैसा नाफा छ । सर्वसाधरणको पहुचमा रहेको पेट्रोल, डिजेल, मटितेल र खाना पकाउने ग्यासको मुल्यमा कुनै परिवर्तन गरिएको छैन ।

निगमको तथ्याङक अनुसार प्रतिलिटर पेट्रोलमा १७ रुपैया ५४ पैसा, डिजेलमा १५ रुपैया ८१ पैसा, मटितेलमा २६ रुपैया ८० पैसा नाफा छ । उपभोक्ताले भने प्रति लिटर पेट्रोल ९९ रुपैया, डिजेल र मटितेल ७५ रुपैयामा खरिद गर्दे आएका छन ।
निगमले पेट्रोल, डिजेल र मटितेलको मुल्य समायोजनबारेमा कुनै छलफल नभएको जनाएको छ ।
‘अहिले तत्काल मुल्य समायोजनको बारेमा कुनै छलफल भएको छैन ।

एक तारिखको मुल्य पर्खेर बसेका छौ,’ निर्देशक घिमिरेले भने, ‘भारतिय आयल कर्पोरेसन्स(आइओस)ले पठाएको नया मुल्य अनुसार समायोनबारेमा पून विचार गर्नेछौ ।’ निगम स्रोतका अनुसार खाना पकाउने ग्यासमा भएको नोक्सानलाई व्यवस्थापन गर्न पेट्रोल डिजेल र मटितेलको मुल्य समायोजन नगरेको हो ।

‘पेट्रोल, डिजेल लगायतमा नाफा भएपनि ग्यासमा धेरै नोक्सानी छ,’ निगमका एक अधिकारीले भने, ‘ग्यासमा देखिएको नोक्सानीलाई पूर्ति गर्न पेट्रोल डिजेल र मटितेलमा मुल्य समायोजन गरेका छैनौ । हवाई इननधमा पनि केही नाफा राखेका छौ ।’

तथ्याङक अनुसार प्रति सिलिन्डर ९७ रुपैया ६६ पैसा घाटा छ । उपभोक्ताले प्रति सिलिन्डर ग्यासको मुल्य १४ सय रुपैया तिर्दे आएको छ ।

निगम नाफामा गएपछि ऋण पनि तिर्दै गएको छ । अहिले करिब १२ अर्ब ६६ करोड रुपैया ऋणमा छ । ती ऋण सरकारको हो । ऋण भुक्तानी र व्याजका लागि पनि उपभोक्तासग असुल्दै आएको छ । निगमले प्रतिलिटर पेट्रोलमा भुक्तानीका लागि ४ रुपैया ९ पैसा र व्याजका लागि शुन्य दशमलव ५० पैसा, डिजेल र पेट्रोलमा व्याजका लागि शुन्य दशमलव ५० र भुक्तानीका लागि ४ रुपैया ९ पैसा छुट्याइएको छ । ekantipur

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment