Monday, February 22, 2016

भारतले नेपालबाट तराई टुक्रयाउन चाहन्छ : सांसद सुवाल

काठमाडौं, फागुन १० । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवलले मधेसी मोर्चाको आन्दोलन भारतको निर्देशनमा भएको दावी गरेका छन् ।
उनले भारतको नेपालबाट तराई टुक्रयाउने योजना अनुरुप तराईमा आन्दोलन भएको बताएका छन् । उनले, 'सामन्ती र जमिन्दारहरुले मधेसमा आन्दोलन चर्काएको बताए ।
मोर्चाको नेतृत्वमा सामन्तीहरु रहेको बताउदै उनले भने - तराईका गरीब नेपालीका बारेमा मोर्चाको कुनै चिन्ता छैन् । तराईमा मानिसहरु भोकै नाङ्गै मरिरहेका छन् त्यसका बारेमा मोर्चा मौन छ ।'
सांसद सुवालले 'भारतको इसारामा कांगे्रस , एमाले र एमाओवादीले संविधान संशोधन गरेको बताएका छन् । संविधान संशोधन गर्नु नै गलत भएको उनले जिकिर गरे ।' 'तराई टुक्रयाउन खोज्नेहरुलाई संविधान संशोधन गरेर अझ सजिलो बनाइदिएको उनको दावी छ ।'
सोमबार ईमेज एफएमसंग कुरा गर्दै भक्तपुरका सांसद सुवालले कांग्रेस , एमाले र एमाओवादीले पुजीपतिकालागि राजनीति गरेका कारण गरीब नागरिकका सुखका दिन नआउने बताएका छन् । 'सरकारमा जानु भनेकै लुट्नका लागि हो यसकारण देश लुट्न हामी सरकारमा जादैनौ उनले भने ।'
imagekhabar

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment