पहिचान र संघीयता पक्षधर संघीय गठबन्धनले देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको छ । आइतबार संघीय समाजवादी फोरमको केन्द्रीय कार्यालय तीनकुनेमा बसेको गठबन्धनको बैठकले मधेसी, आदिवासी जनजाति, थारुलगायतसँग मिलेर संयुक्त देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको हो ।
बैठकको निर्णयबारे जानकारी गराउँदै संघीय समाजवादीका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले हिमाल, पहाड र तराईसँगै राजधानीलाई प्रभावमा पार्न संयुक्त जनआन्दोलन गर्न लागिएको छ । ‘विगतका आन्दोलनको समीक्षा भयो,’ उनले भने, ‘अबको आन्दोलन राजधानीलाई मुख्यगरी प्रभावमा पार्न संघीयता र पहिचान पक्षधरले देशव्यापी जनआन्दोलन गर्नेछ ।’
संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादवको सभापतित्वमा सम्पन्न बैठकले गठबन्धनमा थप चार पार्टीलाई समेत समेटेको छ । यसअघि गठबन्धनमा नौ वटा पार्टी थिए ।
थपिएका पार्टीहरुमा राष्ट्रिय मधेस समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) र लोक दल छन् । बैठक स्रोतका अनुसार विगतमा प्रचण्ड नेतृत्वमा बनेको पहिचानवादी गठबन्धनका सम्पूर्ण दललाई समेट्दै बृहत आन्दोलनको तयारी गर्ने निर्णय भएको छ ।
nepaliheadlines
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment