Monday, February 22, 2016

ओली मेरा भाइ, भारत नेपालको दाजु: सुस्मा स्वराज

नयाँदिल्ली/काठमाडौं: भारतीय विदेशमन्त्री सुस्मा स्वराजले ६ महिनादेखि बढेको दुई देशको तिक्तता कम गर्न नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भाइको साइनो लगाएकी छन् ।

सोमबार दिउँसो भारतको राजधानी नयाँदिल्लीमा इन्डियन इन्स्टिच्युट अफ वर्ल्ड अफेयरर्सको कार्यक्रममा बोल्दै दुई देशको सम्बन्ध सुधार्नका लागि एक कदम अघि बढ्दै स्वराजले प्रम ओलीसँग भाइको नाता लगाउँदै जन्म दिनको शुभकामना पनि दिइन् ।


'म र ओलीजी सन् १९५२ मा जन्मेका रहेछौं। ओलीजी म भन्दा ८ दिन भाइ रहेछन् । भाइलाई जन्म दिनको शुभकामना छ', उनले भनिन्, 'जन्म दिनका अवसरमा म भाइको स्वास्थ्यलाभको कामना पनि गर्दछु ।'

उनले ओलीलाई साक्षी राखेर नेपाल र भारतबीचको सम्बन्ध सरकारी तहमा मात्र नभएको बताएदै जनता जनताबीचमा पनि घनिष्ठ सम्बन्ध रहेको उल्लेख गरिन् ।

१७ वर्षपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी गत वर्ष नेपाल भ्रमणमा गएक प्रसंग निकाल्दै विदेशमन्त्री स्वराजले भनिन्, 'मोदीजीले नेपालमा गएर हरेक नेपालीको मन जित्नु भयो ।'

नेपालसँग बिग्रेको सम्बन्ध सुधार्ने दिशातर्फ आज एक कदम अघि बढेकी स्वराजले भारत नेपालको 'बिग ब्रदर' नभइ 'एल्डर ब्रदर' रहेको उल्लेख गरिन् ।


'भारत नेपालसँग 'बिग ब्रदर' होइन 'एल्डर ब्रदर' का रुपमा सहकार्य गर्न चाहन्छ', उनले भनिन्, 'एल्डर ब्रदर' ले नेपाललाई सधैं ख्याल गरेको छ । 'बिग ब्रदर' ले त्यस्तो गर्दैन ।'  नेपाली जनताले परिपक्वता देखाएर समयमै नयाँ संविधान जारी गरेको बताउँदै त्यसका लागि नेपाली जनतालाई बधाई पनि दिन भुलिनन् ।
annapurnapost

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment