प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान जारी गर्न कुनै हतार नगरिएको स्पष्ट पार्दै ओलीले वर्षौं देखि बसह र विवाद गरेर नेपालीहरुको सहभागितामा संविधान जारी गरिएको बताएका छन् ।
प्रधानमन्त्री ओलीको भ्रमणको अवसर पारेर दिल्लीमा आयोजित विश्व सम्बन्ध परिषदको कार्यक्रममा ओलीले विगत १० वर्षको अवधिमा नेपाल एकात्मक राजतन्त्रात्मक ब्यवस्था देखि गणतन्त्र सम्म आइपुगेको र नेपालमा संविधान जारी भएपछि ६५ वर्ष देखि आफ्नै संविधान लेख्ने नेपाली चाहाना पुरा भएको बताए ।
संविधानले सबै नेपालीका सपना साकार पार्ने आकाँक्षा राखेको भन्दै यो संविधान जन्मिँदा सम्मको नेपाली राजनीति सहज संक्रमणको समय नभएको बताए ।
सुष्मालाई कमलको जवाफः म समेत संविधानमा पुरै सहमत छैन
ओलीको यो भनाइलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २ दिन अघि संयुक्त पत्रकार सम्मेलनमा संविधान लागु हुने विषयमा राखेको आशंकाको जवाफकोरुपमा हेरिएको छ ।
नेपालको संविधानलाई मोदीको स्वागत ‘तर’
संविधानकै कारण देखाउँदै नेपालमाथि नाकाबन्दी गरेको भारतका प्रधानमन्त्री मोदीले ओलीसँगको पत्रकार सम्मेलनमा संविधानलाई घुमाउरो स्वागत गरेपनि संविधान कार्यन्वयनका लागि ‘तर’ पदावलीको प्रयोग गरेर भारतीय असन्तुष्टि अझै पनि साम्य भैसकको छैन भन्ने संकेत गरेका थिए ।
नेपालको संविधानलाई त्यतिबेला नै स्वागत गरेका थियौं- सुष्मा स्वराज
ओलीले कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण ऐतिहासिक रहेको भन्दै मोदीको भ्रमणले नेपाल र भारतबीचको आशंका पुरै अन्त्य गरेको बताए । मोदी सरकार आएपछि नेपाल र भारतबीच विश्वास बढेको पनि ओलीले बताए ।
भारत विश्वको आर्थिक केन्द्र बनिरहेकोमा नेपाल गौरवान्वित रहेको बताउँदै ओलीले अवको युग एसियाको युग भएको भएको बताए । नेपाल र भारत सबैभन्दा निकट मित्र तथा विकाशका साझेदार रहेको बताउँदै ओलीले भारत र नेपालबीच इतिहास र संस्कृति समेत साझा रहेको स्मरण गराए ।
nepaliheadlines
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment