Tuesday, February 28, 2017

फिल्म हेर्दा हेर्दै सिनेमाघरमा नै विवाह


 हावा र पानीमा विवाह भएको त हामी सबैले सुनेकै हो। तर सिनेमाहलभित्रै विवाह भएको कुरा हामीले कमैमात्र सुनेका छौं। भारतको क्याथल सहरमा एक जोडीले सिनेमाहलभित्रै विवाह गरेका छन्।

भारतीय संचारमाध्यमका अनुसार गुरमित राम रहिम सिंहको फिल्म ‘डेरा सच्चा सौदा’ हेर्न गएका एक जोडीले फिल्म हलभित्रै विवाह गरेका हुन्। उनीहरुले फिल्म हेर्न गएका दर्शकलाई साक्षी मानेर विवाह गरेका हुन्।

उनीहरु फिल्म ‘डेरा सच्चा सौदा’ को फ्यान हुन्। उनीहरु दुवैका परिवारजनले फिल्म रिलिज भएपछि सिनेमाघरमा विवाह गर्ने तय गरेका थिए। फिल्म सिनेमा घरमा लागेपछि जिन्द जिल्लास्थित नंगुरा गाउँ निवासी संजयकुमार जन्ती लिएर सिनेमाघर पुगेका थिए। शुक्रबार संजय र बेहुली ऋतुले एकअर्कालाई बरमाला लगाएर जीवन साथी बनाएका थिए। विवाहपश्चात उनीहरुले जीवनभर मद्यपान सेवन नगर्ने र भ्रुण हत्या पनि नगने संकल्प गरेका थिए।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment