Tuesday, February 28, 2017

ट्रम्पकी सल्लाहकारको असभ्य बसाई, सामाजिक सञ्जालमा खेदो


सामाजिक सञ्जालमा अहिले ह्वाइट हाउसको एउटा तस्वीर भाइरल बनेको छ ।

तस्वीरमा ह्वाइट हाउसभित्र रहेको राष्ट्रपतिको कार्यालय ओभल अफिसमा एउटा गम्भीर कार्यक्रम भइरहेको देखिन्छ । राष्ट्रपति डोनाल्ड ट्रम्पसहित उपस्थित सम्पूर्ण अतिथिहरु उभिएका छन् । तर, हाइ हिल लगाएकी एक महिला भने सोफामाथि दुवै घुँडा दोब्राएर थचक्क बसेकी छिन् र मोबाइल खेलाइरहेकी छिन् ।

तस्वीरमा देखिएकी महिला अरु कोही नभएर राष्ट्रपति ट्रम्पकी वरिष्ठ सल्लाहकार केल्लियाने कोन्वे हुन् ।

यस्तो असभ्य बसाइलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनको खेदो खनेका छन् । यसअघि उनी राष्ट्रपति ट्रम्पको विवादास्पद यात्रा प्रतिवन्ध आदेशको समर्थनमा बोल्दा पनि आलोचनाको शिकार बनेकी थिइन् ।

ओभल अफिसको कार्यालयमा ट्रम्पले राष्ट्रका ऐतिहासिक क्याम्पस र विश्वविद्यालयका नेताहरुसँग उनको प्रशासन र स्कुलबीच साझेदारीको प्रतिवद्धता व्यक्त गरेका थिए ।

ट्रम्पले आफ्ना अतिथिहरुसँग भेट गरिरहँदा कोन्वे सोफामाथि घुँडा टेकेर फोटो खिचिरहेकी थिइन् । फोटो खिचिसकेर पनि उनी मोबाइल चलाउन व्यस्त रहिन् । टि्वटर प्रयोगकर्ताहरुले उनको पोजलाई लिएर प्रश्न उठाएका छन् ।

‘तिमी सोफामा के गर्दै थियौ कोन्वे ?ः ओभल अफिसमा यो मर्यादित देखिएन,’ टि्वटरमा एक जनाले भनेका छन् ।

अर्काले लेखेका छन्, ‘सोफामा जुत्ता लगाएर टेक्नु हुँदैन भनेर तिमीलाई कसैले सिकाएन ?’
यसअघि पनि कोन्वेको आचरणलाई लिएर विवाद आएको थियो । गत साता १५ जना कानूनी नैतिकताका प्राध्यापकहरुले उनको खराब आचरणका विषयमा ह्वाइट हाउसमा उजुरी गरेका थिए ।
एजेन्सीको सहयोगमा

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment