Tuesday, February 28, 2017

अष्ट्रेलियाका हिन्दु समुदायलाई विपक्षी नेताले दिए होलीको शुभकामना

सिड्नी । अष्ट्रेलियाका विपक्षी नेता बील शोर्टेनले अष्ट्रेलियाबासी हिन्दु समुदायलाई होली पर्वको शुभकामना दिएका छन् ।

 भातृत्व र सदभावको पर्वको रुपमा लिइने होली आगामी चैत २९ गते अर्थात् मार्च १२ तारिखमा परेको छ । शोर्टेनले शुभकामना सन्देशमा लेखेका छन्, ‘विपक्षी लेवर पार्टीको नेताको तर्फबाट रंगहरुको पर्व होली मनाउनेहरु सबैमा म शुभकामना व्यक्त गर्दछु ।’

 उनले थप लेखेका छन्, ‘होली मलाई मनपर्ने चाडहरु मध्येको एक हो किनकी यो एक नयाँ सुरुवात हो, क्षमादान हो, सदभाव हो र आत्मिक शान्ति हो ।’ होलीले अष्ट्रेलियालाई अझै राम्रो, विन्दास र जीबन्त बनाइराख्ने विश्वास उनले गरेका छन् ।
 उनले होली पर्व अष्ट्रेलियाका हिन्दु समुदायलाई आदर गर्ने एक मौका समेत रहेको बताएका छन् । शोर्टेनले शुभकामना सन्देशको अन्त्यतिर लेखेका छन्, ‘हामी आशा गर्दछौं कि तपाईं र तपाईंहरुको परिवार खुशी, प्रेम र शान्तिको रंगसँग रंगिनु हुनेछ ।’

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment