Monday, February 27, 2017

‘नोकिया ३३१०’ फेरि बजारमा आयो, मूल्य ४९ यूराे


कुनै समय विश्वको सबैभन्दा लोकप्रीय मोबाइलको रुपमा बजार कब्जा गरेको। हालसम्म  सबैभन्दा बढी यूनिट बिक्री भएको त्योभन्दा पनि बढी एउटा गेम जसको याद आजपनि सबैलाई छ हो त्यही मोबाइल फेरि बजारमा आएको छ।

नोकिया ३३१० मोबाइलको बजारमा एउटा छुट्टै उपमा थियो कुनैबेला, यसको ब्याट्री लाइफ,बलियो सबैले रुचाउनुको कारण बनेको थियो। केही समय बन्द भएर फेरि केही नयाँ अबतारमा आएको यो फोन आइतबार वल्र्ड मोबाइल कांग्रेसमा सार्वजनिक गरिएको छ।

नयाँ भर्सनमा आएको नोकियाको सबैभन्दा बलियो विशेषताको रुपमा ब्याट्रीलाई नै उल्लेख गरिएको छ। एकमहिनासम्म टिक्नसक्ने भनिएको उक्त फोनको ब्याट्री बाहेक बलियोपनलाई पनि उत्तिकै हाइलाइट गरिएको छ।

यो फोनमा रहेको सबैभन्दा लोकप्रीय स्नेक गेमको नयाँ भर्सन हो जसन पहिलेको भन्दा फरक इफेक्ट,रंगिन ग्राफिक्समा रहने छ।

इन्टरनेट पनि चलाउन मिल्ने यो फोनमा २.५ जी कनेक्टीभिटी रहने छ भने यसको आन्तरिक मेमोरी ८ जिबी रहने छ। त्यस्तै यो फोनमा एसडी कार्डमो मद्दतले ३२ जिबीसम्म पनि विस्तार गर्न सकिने छ। पुरानो फोनमा यो सुविधा थिएन।

नयाँ नोकिया ३३१० मा अब क्यामेरा पनि हुने भएको २ मेगापिक्सलको क्यामेरा रहने फोनमा फ्ल्यास पनि रहने छ।

इस्पेनमा सार्वजनिक गरिएको यो फोनको मूल्य भने ४९ यूरो तोकिएको छ।

एजेन्सीहरुकाे सहयाेगमा

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment