Saturday, March 4, 2017

राम्री कार्यकर्ता बालकोट पुगेपछि ओलीले सोधे, ‘तिम्रा श्रीमान एउटै मात्र हुन् र ?

एमाले नेता केपी ओली अभिव्यक्ति कलामा खप्पिस मानिन्छन् । पार्टीभित्र र बाहिरका विरोधीमाथि जाइलाग्नुपर्दा ओली सन्दर्भ मिल्दो उखान टुक्काको साहारा लिन्छन् । गाउँघरमा प्रयोग हुने झर्रा शब्द ओलीका मुखैमा झुण्डिएका छन् । भाषणमा मात्र होइन, अनौपचारिक भेटघाटमा समेत रमाइलो पारामा गफिनु ओलीको विशेषता हो । नजिकबाट चिन्नेहरुका अनुसार ओली व्यक्तिगत भेटघाटमा निकै खुलस्त शैलीमा कुरा गर्न रुचाउँछन् । तर, त्यो व्यहोरा कहिलेकाहीं उनका लागि अभिसाप हुने गरेको छ ।

गएको बिहीबार ओलीको अभिव्यक्तिले त्यस्तै घटना घट्यो । एमाले सम्वद्ध मुसलमानहरुको संगठन नेपाल मुस्लिम इत्तिहाद संगठनको प्रतिनिधि मण्डल बालबोटस्थित ओली निवास पुग्यो । नयाँ संविधानको मस्यौदामा मुस्लिम समुदायको अधिकार कुण्ठित पार्न खोजिएको भन्दै संगठनका अध्यक्ष सिराज फारुकी नेतृत्वमा करिब २० जनाको टोली ज्ञापनपत्र बुझाउन ओली निवास पुगेको थियो ।

टोलीमा तनहुँतिरकी खान थरकी एक मुस्लिम युवती पनि थिइन् । परिचयका क्रममा ती युवतीले आफ्ना श्रीमान पनि सँगै आएको बताइन् । रुपकी धनी युवतीको कुरा भुइँमा खस्न नपाउँदै ओलीले प्वाक्क मुख खोले, ‘तपाईंको श्रीमान एउटा मात्रै ?’ युवती रातोपिरो भइन् ।

ज्ञापनपत्र बुझाउन गएकाहरु मुखामुख गर्न थाले । पेशाले व्यवसायी युवतीका श्रीमान पनि वाक्क न बक्क भए । परिस्थितमा एकाएक परिवर्तन आएको देखेपछि ओलीले आफूले गल्ती बोलेको महसुस गरे । उनले परिस्थिति सम्हाल्ने कोसिस गर्दै भने, ‘अप्ठेरो मान्नुपर्दैन, मुस्लिम समुदायमा पुरुषले प्रायः दुई÷तीन वटी श्रीमती राख्ने चलन छ । महिलाले पनि त्यस्तै गर्न मिल्दैन भन्न खोजेको ।’

उनको जवाफले कोही सन्तुष्ट हुन सकेनन् । ज्ञापनपत्र बुझाएपछि मुृस्लिम संगठनका प्रतिनिधि बालकोटबाट बाहिरिए । ती युवतीलाई भने ‘ओलीको बोली’ बाछट चित्त दुखाएकी ती युवतीले पार्टीभित्र आफूसँग मन मिल्नेहरुसँग बालकोटमा पार्टी अध्यक्षबाट आफूमाथि भएको व्यवहारबारे चित्त दुखाउँदै हिंडेकी छन् ।

त्यसो त एमाले नेतृहरु रचना खड्का, रामकुमारी झाँक्री मात्र होइन, उपाध्यक्ष विद्या भण्डारी र अष्ठलक्ष्मी शाक्यलगायतले तत्कालिन कृषिमन्त्री हरि पराजुलीले गत असार १५ गते धान रोपाइँका दिन ‘आर्शिवाद लिने’ नाममा महिलाहरुमाथि गरेको अश्लील हर्कतपछि खुलेरै पार्टीभित्रका महिला असुरक्षित रहेको बताएका थिए ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment