Friday, March 24, 2017

कस्ता व्यक्तिले म्यादी प्रहरीमा आवेदन दिन सक्छन् ?



काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि सरकारले म्यादी प्रहरीमा भर्ना खोलेको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार ७५ हजार म्यादी प्रहरीका लागि भर्ना आह्वान गरेको हो । साधारण लेखपढ गर्न जान्ने, शारीरिक रुपमा तन्दुरुस्त, कुनै दलको सदस्य नभएको र कुनै फौजदारी अभियोग नलागेको १८ देखि ५४ वर्ष उमेरबीचका व्यक्ति म्यादी प्रहरी हुन सक्ने प्रहरी प्रधान कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

भर्ना हुन चाहनेले ११ देखि १७ चैतभित्र फारम भरिसक्नुपर्नेछ । फारम नेपाल प्रहरीको वेबसाइट नेपालपुलिस डट जिओभी डट एनपीमा राखिएको छ । उनीहरुले मासिक १७ हजार २ सय ३० रुपैयाँ तलब पाउनेछन् । म्यादी प्रहरीले ड्रेस, प्रहरी जवानको बराबर तलब र खाजा खर्च पाउनेछन् ।



५५ दिनका लागि सरकारले म्यादी प्रहरी भर्ना गर्न लागेको हो । ७५ जिल्लाकै जिल्ला प्रहरी कार्यालयमार्फत फारम बुझाउन सकिनेछ । १९ देखि २२ चैतसम्म छनोट हुने र २२ चैतमा नतिजा प्रकाशन हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । २५ चैतदेखि ८ वैशाखसम्म तालिम दिएर उनीहरुलार्इ  निर्वाच्नको सुरक्षामा खटाउने तायारी छ ।

अवकाशप्राप्त सुरक्षाकर्मी तथा बनपाले, विगतमा म्यादी प्रहरीका रुपमा काम गरेका तथा गार्डका रुपमा काम गरेकालाई भर्नामा प्राथमिकता दिइने प्रहरीको सूचनामा उल्लेख छ ।आजको नयाँ पत्रिकामा खबर छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment