Friday, March 31, 2017

सीमामा भारतीय हस्तक्षेपविरुद्ध सशस्त्र प्रहरीले गर्यो प्रतिकार, भारतीय कर्मचारी लखेटिए

 बर्दियाको सिमावर्ती क्षेत्रमा भारतीय कर्मचारीले सिमा मिचेर कुलो बनाउन थालेपछि सशस्त्र प्रहरीले हस्तक्षेप गरेको छ ।

बर्दियाको मधुवन नगरपालिका–५ मा पर्ने नेपाल–भारतको सीमा दशगजामा भारतीय वन विभागका कर्मचारीले कुलो खनेपछि नेपालको सशस्त्र प्रहरी सीमा सुरक्षा बल, सानोश्रीले हस्तक्षेप गरेको हो । सशस्त्रले भारतीय कर्मचारीलाई कुलो पुर्न लगाउँदै लखेटेको थियो ।

कतर्निया वन्यजन्तु आरक्ष भारतका कर्मचारीले सीमा स्तम्भ ७५ र ७६ को बीचमा सोमबार बिहान स्काभेटरले झन्डै २० मिटर लामो कुलो खनेका थिए । कुलो खनिरहेको खबर पाएलगत्तै प्रहरी निरीक्षक भूपेन्द्र पालको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोलीले सीमा रेखामा दुवै देशले कुनै गतिवधि गर्न नपाउने भन्दै प्रतिकार गरेको थियो ।

“उनीहरुले खनिरहेको भूभाग भारततिर पर्ने दाबी गरेका थिए”, प्रहरी निरीक्षक पालले भने “सीमा स्तम्भबाट नौ मिटरभित्र पर्ने नपर्ने अन्यौल भएपछि हामीले खाल्डो पुर्न लगाएका हौं ।”
अन्तर्राष्ट्रिय कानुनले दशगजाभित्र यस्ता कुनै पनि कार्य गर्न पाइँदैन ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment