Monday, March 13, 2017

पुरुषहरुले कहिले नभन्ने तर महिलाले थाहा पाउनुपर्ने पुरुषका गोप्य कुरा

महिलाको दिमागमा के चलिरहेको छ भन्ने कुरा थाहा पाउन मुस्किल छ भन्ने आम मानिसहरुको बुझाइ छ तर के पुरुषको दिमागमा चलिरहेको कुरा थाहा पाउनसजिलो छ त ? पक्कै पनि सजिलो छैन । पुरुषहरुले पनि आफ्नो मनमा त्यस्ता कुराहरु राख्ने गर्दछन् जसलाई जो कोहिले थाहा पाउन सक्दैनँ ।

यद्यपी आफूले केहि नभनी आफ्नी महिलाले मनको कुरा बुझुन् भन्ने इच्छा हरेक पुरुषको हुने गर्दछ । यदि तपाईंको जीवनमा कोही पुरुष छन् र उनलाई बुझ्न निकै कठिन भइरहेको अवस्था छ भने अब ढुक्क हुनुहोस् । हामी तपाईंलाई यस्तो कुराको जानकारी दिँदैछौँ जसलाई पुरुषहरुले कहिले तपाईंलाई बताउँदैनन् तर तपाईंलाई थाहा होस् भन्ने चाहन्छन् ।


 १. पुरुषलाई धेरै ठेस लाग्ने गर्दछः 

पुरुषहरु आफैँलाई निकै कुल र कुनै कुराको टेन्सन नभएको जस्तो देखाउन चाहन्छन् । साधारणतया पुरुषहरुलाई जब कुनै कुराले दुखी बनाएको हुन्छ उनीहरु त्यसको बारेमा सोचेर नबसी त्यसलाई छोडेर अगाडि बढ्ने गर्दछन् । तर यसको अर्थ यो होइन कि उनीहरुलाई उक्त कुराले तनावमा पारेको हुँदैन । दुखी हुँदा उनीहरु भित्र–भित्रै रुने गर्दछन् तर त्यसलाई आफ्नो अनुहारको हाउभाउमा व्यक्त हुन दिँदैनन् । आफ्नो पिडा र दुःख उनीहरु आफूमा मात्र सिमित राख्न चाहन्छन् ।

 २. पुरुषहरु पनि हुन्छन् भावुकः 

पुरुषहरु पनि निकै भावुक हुने गर्दछन् । उनीहरु आफ्नो आँसु लुकाउनमा निकै सिपालु हुने भएका कारण उनीहरु कहिले पनि कसैको अगाडि रुँदैनन् विशेषगरि उनीहरु महिलाको अगाडि रुन चाँहदैनन् । तर यदि उनीहरु कहिलेकाँही निकै भावुक भएर रोएको खण्डमा त्यसलाई कहिले पनि हाँसोमा नउडाउनुहोला । तपाईंले उनको आँसुलाई हाँसोमा उडाउँदा एकछिन् उनीपनि तपाईंसँगै हाँस्नुहोला तर उनीहरु कहिले पनि आफ्नो आँसु मजाक भएको हेर्न चाहँदैनन् जसका कारण उनीहरुको मनमा तपाईंप्रति नकारात्मक भावना पैदा हुनसक्छ ।

 ३. महिलाहरुमाथि नियन्त्रणः 

पुरुषहरु चाहन्छन् कि महिलाहरु उनीहरुको हरेक कुरा मानुन् । उनीहरुले चाहेको जस्तै व्यवहार गरुन् । उनीहरुलाई मनपर्ने –मननपर्ने कुराको बारेमा जानकार रहुन् । सबै मिलाएर भन्ने हो भने पुरुषहरु महिलालाई आफ्नो गिरफ्तमा राख्न चाहन्छन् चाहे त्यो बेडमा होस् वा अन्य कुनै व्यवहारिक जीवनमा ।

४. भविष्यको चिन्ताः 

पुरुषहरुलाई आफ्नो भविष्यको केहि पनि चिन्ता नभएको जस्तो देखिएता पनि उनीहरु आफ्नो भविष्यको बारेमा निकै चिन्तित हुने गर्दछन् । उनीहरु भित्र–भित्रै आफ्ना भावी योजनाहरुको बारेमा बिचार–बिमर्स गर्ने गर्दछन् । हुनसक्छ तपाईंको साथी पनि तपाईंलाई उनको भविष्यको सपनाको बारेमा केहि कुरा भन्दैनन् किनभने उनी तपाईंसँग कसम खान डराउने गर्दछन् । कतै आफ्नो सपना पूरा हुने हो कि होइन भन्ने विषयमा पुरुषहरु निकै डराउने गर्दछन् ।

५. पुरुषलाई चाहिन्छ स्पेसः 

पुरुषलाई आफ्नो स्वतन्त्रता निकै मनपर्छ । उनीहरु केहि समय आफैँसँग बिताउन चाहन्छन् । आफ्नो पार्टनर एक्लै अर्को कोठामा बसिरहेका छन् भने अन्यथा नसोची उनीहरुलाई केहि बेरको लागि एक्लै छोडिदिनुहोस् । यसो गर्नाले दिनभरी थाकेका उनी आफै थकानमुक्त हुने गर्दछन् ।

६. गिफ्ट दिन कच्चाः 

कहिलेकाँही पुरुषहरुले महिलालाई जुन गिफ्ट दिन्छन् त्यो निकै बोरिङ हुने गर्दछ । यस्तो लाग्छ कि उनले केहि बिचारै नगरी यसलाई किनेका छन् तर यसको मतलब यो होइन कि उनले तपाईंलाई कम माया गर्छन् । गिफ्टको बारेमा निर्णय लिन महिलाहरु पुरुषभन्दा निकै राम्रा हुन्छन् । पुरुषहरु गिफ्टको बारेमा धेरै नसोची आफूलाई जे ठिक लाग्छ त्यहि किन्ने गर्दछन् । source naulo-khabar

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment