Thursday, March 16, 2017

मानिसले किन गर्छ पशुसँग सेक्स ?



मानिसले पशुमाथि गर्ने बलात्कारलाई पाशविक क्रियाकै रुपमा लिइन्छ। तर दुनियामा कोही मानिसहरु यस्ता यौन पिपाशु हुन्छन् जसले जनावरहरु पनि छाड्दैनन् आफ्नो यौन प्यास मेटाउन । अमेरिकाको उत्तरपूर्वी फ्लोरिडामा हुने पशुकरणीका घटनामा बाख्रो नै सबैभन्दा बढि तारो हुने गरेको पाइएको छ ।

यसै विषयमा स्थानीय क्यारिभेल पत्रिकाले फिचर पनि प्रकाशित गरेको थियो । रिपोर्टमा शरोन क्रुज पिसिना नामकी एक महिलाले आफ्नो घरका ३ वटा बाख्रामाथि धेरै पटक लगातार बलात्कार भएको खुलासा गरेकी छिन् । बाख्रा करणीमा फ्लोरिडा निकै बदमान छ ।

सन् २००७ मा ४८ वर्षका एक पुरुषले फ्लोरिडाको मोसी हेडमा बाख्रामाथि बलात्कार गरेका थिए ।

बलात्कारपछि उनले बाख्राको हत्या गरे। त्यसपछि फ्लोरिडामा पशु करणीलाई यौन अपराध घोषित गरेर अवैध ठहर गरियो । ती पुरुषमाथि भने पशुु चोरीको आरोपमा ११ महिना २९ दिनको जेल सजाय तोकिसकिएको थियो । बढ्दो पशु करणीसँगै एउटा प्रश्न उठेको उठ्छ, आखिर मानिसले पशुसँग किन सेक्स गर्छ ?

फोरेन्सिक विज्ञहरुका अनुसार यी १० थरीका मानिसहरु पशुकरणीमा संलग्न हुन्छन्:

ह्युमन एनिमल रोल प्लेयर्स: जसले जनावरसँग कहिल्यैपनि सेक्स गरेका हुँदैनन् । तर सेक्सको मामिलामा भडि्कएसँगै उनीहरु जनावरप्रति आकषिर्त हुन्छन्।

रोमान्टिक पाशविक :

यस्ता मानिसहरु जनावरलाई पालेर राख्छन् र उनीहरु मनोयौनिकता तर्फ रुची राख्दछन् । तर करणी भने गर्दैनन् ।

अस्थीर कल्पनाशील व्यक्ति: 

यस्ता मानिसहरु त्यस्ता हुन् जुो पशुसँग सहवासको कल्पना गर्छन् तर कहिल्यै गर्दैनन् ।

पशुमै हराउने:

यस्ता मानिसहरु पशुहरुलाई यौन मनोभावनाले स्पर्श गर्दछन् । पशुहरुलाई आलिंगन गर्छन् । पशुहरुको यौनांग पनि छुन्छन् तर सेक्स गर्दैनन्।

अन्धभक्त मानिस:

यिनीहरु पशुहरुलाई हरेक कोणबाट हेर्छन् । कहिलेकाहीँ कामूक नजरबाट नाप्दछन् । पशुहरुबीचमै हुने यौनक्रिडाका बेला पनि उनीहरु बढि नै सक्रिय हुन्छन् ।

यौन पिपासु : 

उनीहरु पशुसँग सेक्स गर्छन् र सेक्स मात्र होइन पशुलाई पीडा पनि दिन्छन् ।

मौकापरस्त: 

उनीहरु यौन सम्बन्धको मामिलामा सामान्य हुन्छन् तर मौका मिल्नासाथ पशुसँग पनि सेक्स गर्न पछि पर्दैनन् ।

नियमित यौन पिपासुः 

यस्ता मानिसहरु पशुसँग सेक्स गर्न बढि मन पराउँछन् । उनीहरुलाई मानिससँग सेक्स गर्दा भन्दा पशुसँग सेक्स गर्दा बढि आनन्द आउँछ ।

हिंश्रक:

यस्ता मानिसहरु सेक्सका दौरान पशुको हत्या पनि गर्दछन् । पशु मरिसकेपछि समेत पशुमाथि सेक्स गर्न छाड्दैनन् ।

एक्सक्लुसिभ पाशविक:

यस्ता मानिसहरु केवल पशुसँग मात्र सेक्स गर्दछन् । मानिससँग गर्दैनन् । एजेन्सीको सहयोगमा

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment