Tuesday, March 28, 2017

चुनावको मुखमा जाजरकोटमा कांग्रेस नेतामाथि आक्रमण, अवस्था चिन्ताजनक

काठमाडौं, १५ चैत– कांग्रेस जाजरकोटका एक प्रभावशाली नेतामाथि अज्ञात समुहले आक्रमण गरेको छ । मंगलबार साँझ भेरी नगरपालिका– ३ थाप्लेका नेविसंघका पूर्वकेन्द्रीय सदस्य रविन्द्र शमसेर शाहमाथि आक्रमण भएको हो । अपरिचित समुहले उनलाई ढुंगाले हानेर आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय जारकोटका इन्सपेक्टर रमेश अवस्थीले लोकान्तरलाई जानकारी दिए । उनको टाउकोमा गम्भीर चोट लागेको छ भने अवस्था एकदमै नाजुक रहेको छ । उनलाई अहिले उपचारका लागि थाप्लेबाट जिल्ला अस्पतालतर्फ लगिँदै गरिएको उनले जानकाराी दिए । ३६ वर्षीय शाह पाँचतारा युवा संरक्षण मञ्चका समेत अध्यक्ष हुन् । स्थानीय तहको चुनाव नजिकिँदै जाँदा उनलाई राजनीतिक प्रतिशोधकै कारण हत्या गरिएको हुनसक्ने भन्दै सोहिलाई केन्द्रमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment