Monday, March 6, 2017

एमालेका अगाडि टिकेन मोर्चाको बन्द, ओली पुगे सप्तरीमा

 
राजविराज— नेकपा एमालेले शनिवारदेखि काँरभिट्टाबाट सुरु गरेको मेची–महाकाली अभियान आज सोमबार अपरान्ह सप्तरी आइपुग्दैछ। अभियानसँगै एमाले अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरु सप्तरी आउँदैछन्।

राजविराजस्थित रंगशालामा गर्ने भनिएको सभा मधेसी मोर्चाले प्रतिकार गर्ने धम्की दिएपछि सो स्थानमा सारिएको हो। एमालेको सभा बिथोल्ने गरी मोर्चाले बन्द आह्वान गरेको छ। मोर्चा कार्यकर्ता विहानैदेखि सदरमुकाम राजविराजमा प्रदर्शनमा छन्।

अभियानको सफलताका लागि एमाले सप्तरीले तयारी तीब्र पारेको छ। सदरमुकाम राजविराजभन्दा तीन किलोमिटर उत्तर गजेन्द्रनारायण औद्योगिक क्षेत्रमा एमालेले सभाको तयारी गरिरहेको हो। मञ्च निर्माण लगायतका कार्य तीब्र रुपमा भइरहेको एमाले सप्तरीका अध्यक्ष गोबिन्द न्यौपानले नागरिकन्युजलाई बताए।

राजविराजस्थित रंगशालामा गर्ने भनिएको सभा मधेसी मोर्चाले प्रतिकार गर्ने धम्की दिएपछि सो स्थानमा सारिएको हो। एमालेको सभा बिथोल्ने गरी मोर्चाले बन्द आह्वान गरेको छ। मोर्चा कार्यकर्ता विहानैदेखि सदरमुकाम राजविराजमा प्रदर्शनमा छन्।

मोर्चा कार्यकर्ता लाठी, भाटा सहित प्रदर्शनमा उत्रेका हुन्। राजविराजस्थित गजेन्द्र चोक, नेता चोक लगायतका स्थानहरुमा टायर बालेर मोर्चाका नेता कार्यकर्ताहरु प्रदर्शन गरिरहेका छन्।

दुई पक्षबीच हुनसक्ने सम्भावित भिडन्तलाई ध्यानमा राखी औद्योगिक परिसर वरपर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

एमालेलाई रोक्ने प्रयासस्वरुप मोर्चाले आह्वान गरेको बन्दको प्रभाव राजमार्ग क्षेत्रमा खासै परेको छैन। पूर्व-पश्चिम राजमार्गमा सवारी साधन चलिरहेका छन्। बिहान सप्तरीको कञ्चनपुरमा गाडीमाथि ढुंगामुढा गर्ने तीन जना मोर्चा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्लाका शैक्षिक संस्था, व्यापारिक प्रतिष्ठान, बजार, पसल भने बिहानैदेखि बन्द छन्। प्रहरी प्रवक्ता डिएसपी दानबहादुर कार्कीका अनुसार जिल्लाको स्थिति प्रहरी नियन्त्रणमा रहेको नागरिकन्युजलाई बताए।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment