Friday, March 31, 2017

चीनमा लोकप्रिय नेता बन्दै एमाले अध्यक्ष ओली, चिनियाँ बिश्वबिद्यालय मा ओलीको अंग्रेजी सस्करणका पुस्तकहरु

बुद्धि शर्मा/सीयान, चीन–पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका अंग्रेजी भाषामा प्रकाशित भाषणहरुको संग्रह चीनको सीयान मेडिकल विश्वविद्यालयलाई हस्तान्तरण गरिएको छ ।

 ओलीका विभिन्न भाषण एवं धारणाहरु समेटिएको पुस्तकको अंग्रेजी संस्करण सेलेक्टेड स्पिच अफ केपी शर्मा ओलीका केही प्रतिहरु चीनको सीयान मेडिकल विश्वविद्यालयलाई हस्तान्तरण गरिएको हो ।

चीनको सान्सी प्रान्तको सीयान सहरमा रहेको प्रसिद्ध सीयान मेडिकल विश्वविद्यालयमा शुक्रवार अपरान्ह एक विशेष कार्यक्रममाझ पुस्तक हस्तान्तरण गरिएको हो ।

 विश्वविद्यालयमा लामो समयदेखि अध्यापन एवं अनुसन्धान गर्दै आएका नेपाली प्राध्यापक डा.राजिवकुमार झाले नेपाली प्रतिनिधिको रुपमा विश्वविद्यालयका चिनियाँ कम्युनिष्ट पार्टी सचिव फान विङलाई पुस्तक प्रदान गरे । कार्यक्रममा विश्वविद्यालयका प्राध्यापकहरु, कर्मचारी, पत्रकार, विद्यार्थीहरु एवं चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधि गरी करिव एक सयजनाको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दैै विश्वविद्यालयका कम्युनिष्ट पार्टी सचिव फान विङले नेपाल–चीन सम्वन्धलाई निकै सुमधुर बनाउन नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिका महत्वपूर्ण रहेको चर्चा गरे । ओली चीन र चिनियाँ जनताका सच्चा मित्र रहेको उनको भनाई थियो । कार्यक्रममा धारणा राख्दै प्राध्यापक डा झाले नेपालका पूर्व प्रधानमन्त्री ओलीको पुस्तकलाई विश्वविद्यालयमा महत्वपूर्ण स्थान दिएर चीनले सम्पूर्ण नेपाली जनताको सम्मान गरेको बताए । नेपाली नेताको पुस्तकलाई चीनले विश्वविद्यालयमा स्थान दिएको यो पहिलो हो ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री ओलीले फोन मार्फत सम्बोधन गरेका थिए । काठमाडौं र सीयान सहरबीच भगिनी सम्वन्ध स्थापना भएको २० वर्ष पुगेको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएका छन् । पुस्तक हस्तान्तरण कार्यक्रममा सहभागीहरुले नेपाल–चीन सम्वन्धलाई नयाँ आयाम दिन पूर्व प्रधानमन्त्री ओलीले खेलेको भूमिकाको चर्चा गरेका थिए ।
साभार चक्रपथ डटकमबाट

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment