Friday, March 31, 2017

जयबहादुरले ‘जय नेपाल हजुर’ भनेपछि प्रचण्डको मोबाइलको स्वीच अफ !

‘जय नेपाल हजुर ।’ चीन भ्रमणबाट फर्केर अन्तर्राष्ट्रिय विमानस्थलमा पाइला टेक्ने बित्तिकै बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कानमा ठोक्किएको शब्द हो यो । प्रचण्डलाई ‘जय नेपाल’ गर्ने व्यक्ति हुन् मन्त्रिपरिषदले प्रहरी महानिरीक्षक नियुक्ति गरेर पनि सर्वोच्चले नियुक्त खारेज गरेपछि डिआईजीमै चित्त बुझाउनुपरेका जयबहादुर चन्द ।

अदालतले वरियता मिचेर तेश्रो नम्बरका चन्दलाई महानिरीक्षक बनाउने निर्णय खारेख गर्दै पहिलो वरियताका नवराज सिलवाललाई महानिरीक्षक बनाउन आदेश दिए पनि जयबहादुरमा अझै प्रहरी प्रमुखको फुली लगाउन पाउने आशा मरेको रहेनछ ।

त्यसैले उनी प्रचण्डको जहाज कतिबेला अवतरण होला भन्ने ध्याउन्नमा थिए । जब जहाज ल्याण्ड भएको खबर पाए, तब फोन डायल गरे । बालुवाटार उच्च स्रोतका अनुसार उनले सुरुमै चीन भ्रमण सफल भएको भन्दै प्रधानमन्त्रीको तारिफ गरे । त्यसपछि राखे आफ्नै कुरा ।


‘सरकारको काममा अदालतले हस्तक्षेप गरेको हो हजुर, प्रहरी प्रमुख त मलाई नै बनाउनुपर्‍यो ।’ प्रचण्डले ‘हुन्छ’ भने र फोन राखिदिए । चन्दले फेरि गरे । प्रचण्डले फेरि हुन्छ, कुरा गरौंला भने र फोन राखिदिए । त्यत्तिले मात्र चन्दको चित्त बुझेनछ क्यारे, तेश्रो पटक पनि फोनको रिङ बजेपछि प्रचण्डले फोन काटिदिए र मोबाइलको स्वीच नै अफ गरे ।

क्षेत्रीयताका आधारमा वरियता मिचेर जसरी पनि चन्दलाई महानिरीक्षक बनाउनुपर्ने काँग्रेस सभापति शेरबहादुर देउवाको पेलानमा परेर प्रचण्डले चन्दको पक्षमा निर्णय गराए ।

अदालतले उक्त निर्णय गलत रहेको भन्दै नयाँ आईजिपी नियुक्त गर्न भनिसक्यो । चीन जानुअघि प्रधानमन्त्री प्रचण्डले देउवालाई ‘अब अदालतसँग जुधेर हुँदैन, फैसला कार्यान्यवन गरौं’ भनेका थिए । तर, देउवा मानेनन् ।

चीनबाट फर्केपछि त्यसबारे निर्णय दिने बताएका प्रधानमन्त्रीलाई जहाजबाट पाइला भूइँमा भेक्टेबित्तिकै जयबहादुरले दिमाग खराब गरिदिए ।
Kathmandu Today

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment