Saturday, March 4, 2017

स्वयम्भूमा गोली चल्यो, एक घाइते


काठमाडौं, २१ फागुन । काठमाडौंको स्वयम्भूमा प्रहरी र अपहरणकारीबीच गोली हानहान भएको छ । र, एक जना घाइते भएका छन् ।

बौद्धबाट अपहरणमा परेका तीन जनालाई छुटाउने क्रममा शनिबार दिउँसो महानगरीय अपराध महाशाखाको टोली र अपहरणकारीबीच गोली हानहान भएको महाशाखाका प्रमुख एसएसपी दिनेश आमात्यले जानकारी दिए ।

उनका अनुसार अपहरणमा परेकाबाट फिरौती बुझ्नै लाग्दा त्यहाँ प्रहरी पुगेर अपहरणकारीलाई घेरा हालेर समात्ने क्रममा अपहरणकारीले गोली प्रहार गरेपछि प्रहरीले पनि जवाफी फायरिङ गरेको हो ।

प्रहरीको गोली लागेर अपहरणकारी दुर्गा तामाङ घाइते भएका छन् । उनलाई नियन्त्रणमा लिएर अस्पताल पुर्याइएको छ

अपहरणकारीले ६ लाख फिरौती मागेका थिए ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment