Friday, March 31, 2017

ढाड तथा कम्मर दुख्छ ? सिटामोल खाएर काम छैन

जिउको दुखाइ कम गर्न प्यारासिटामोल तथा अन्य पेन किलर औषधिहरु सेवन गर्ने चलन धेरैको हुन्छ । ढाड तथा कम्मर दुख्दा असह्य पीडा भएपछि पेन किलर नखानेहरु सायदै हुन्छन् । तर वैज्ञानिकहरुका अनुसार ढाडको दुखाइमा प्यारासिटामोल औषधिले कुनै फाइदा गर्दैन ।

सिड्नी विश्वविद्यालयका शोधकर्ताहरुले ढाडको तल्लो भागको दुखाइमा प्यारासिटामोल औषधिको प्रयोग अनावश्यक रहेको ठहर गरेका छन् ।

ब्रिटिस मेडिकल जर्नलमा छापिएको शोध अनुसार ढाड दुख्ने अर्थात् ओस्टियो आथि्रटिसका पीडितहरुका लागि अन्य पेन किलरहरु औषधिहरुले गर्ने फाइदा ‘निकै कम र चिकित्सकीय रुपमा महत्वहीन’ हुन्छ ।

ढाडको दुखाइ तथा ओस्टियोआथि्रटिस विश्वमा मानिसहरुको असक्तताका मुख्य कारणको रुपमा रहेको छ । हालसम्म यस्तो समस्या भएकाहरुका लागि पहिलो विकल्पको रुपमा चिकित्सकीय रुपमै प्यारासिटामोल औषधि दिइँदै आएको थियो । तर पछिल्लो अनुसन्धानले भने यो उपचार विधि अर्थात् प्यारासिटामोलको प्रयोग पूर्णतः निष्प्रभावी रहेको ठहर गरेको छ ।

ढाडको तल्लो भाग दुख्नेहरुका लागि सिटामोल निष्प्रभावी रहेको तथा ओस्टियोआथ्रिटिसका बिरामीका लागि पनि निकै कम तथा अल्पकालीन फाइदा मात्र पूराउने उनीहरुको निष्कर्ष रहेको छ ।

आफुहरुले गरेको शोधबाट प्राप्त नतिजाका आधारमा ढाड दुख्ने बिरामीहरुको उपचारमा विद्यमान चिकित्सा नीतिमा परिमार्जन गर्नुपर्ने शोधकर्ताहरुको भनाइ छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment