Sunday, April 30, 2017

अचानक किन रोकियो एमालेको घोषणापत्र ? के के विषय छन् ?

काठमाडौं, १७ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको छ ।

एमालेले आज दिउँसो ३ बजे स्थानीय तहको चुनावको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम राखेको थियो । तर, सम्पादन कार्य पूरा नभएकाले कार्यक्रम स्थगित गरिएको एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । ‘घोषणापत्र तयार भइसक्यो । सम्पादन कार्य सकिएपछि छिट्टै सार्वजनिक गर्छाै,’ थापाले भने ।

के के छ एमालेको घोषणापत्रमा ?

एमालेको घोषणापत्रमा पाँच वर्षभित्र ५ हजार अमेरिकी डलर आम्दानी हुने गरी आर्थिक स्रोतहरू परिचालित गर्ने, तीन वर्षभित्र गरिबी समाप्त पार्ने, एक घर एक रोजगारीको व्यवस्था गर्ने, वृद्धभत्ता बढाएर पाँच हजार पुर्याउने लगायतका विषय उल्लेख छन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment